सुनसरीमा गोलि हानाहान, १ को मृत्यू !
डकैती गर्न आएका हतियारधारी समूहमाथि प्रहरीको कारवाही ।

२०७५ मंसिर २४ सोमबार, बिहान ११:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । सुनसरीमा डकैती गर्न गएका समूहमाथि प्रहरीले गोली प्रहार गर्दा एकजनाको ज्यान गएको छ । भारतसँग सीमा जोडिएको सुनसरीको कोशी गाउँपालिका–७ मुसहरी टोलमा डकैती गर्न आएका समूहमाथि प्रहरीको कारवाहीको जवाफीमा एकजनाको ज्यान गएको हो ।
हतियारधारी समूहलाई नियन्त्रणमा लिन पुगेको प्रहरी उपर फायरिङ भएपछि जवाफी कार्वाहीमा प्रहरीले अवस्था नियन्त्रणमा लिन १० राउण्ड गोली चलाएको छ । सुनसरी प्रहरीले दिएका जानकारी अनुसार रातीको समयमा सूराकीका आधारमा सीमा क्षेत्रमा निगरानी बढाइको थियो ।
भारतबाट नेपाल प्रवेश गर्दै गरेको समूहलाई सोधपुछका क्रममा रोक्न खोज्दा प्रहरीमाथि गोली प्रहार भएपछि जबाफी कार्वाही गरिएको सुनसरी प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिनुभयो ।
५ जनाको समूहमा रहेको समूहले प्रहरी माथि गोलि प्रहार गर्दै भाग्ने प्रयास गरेपछि जवाफी कार्वाहीमा उत्रिएको प्रहरीले चलाएको गोली लागि अन्दाजी ३५ वर्षिय पुरुषको घटनास्थलमा ज्यान गएको छ । मृतकको शव धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । मृतकको अहिले सम्म पहिचान भने खुल्ःन सकेको छैन् ।
दोहोरो गोली हानाहान भएकाले हतियारधारी समूहबाट कति राउण्ड गोली चलेको भन्ने विषय यकिन भैसकेको छ्रैन् । घटनास्थलबाट प्रहरीले लोड गरिएको दुईवटा पेस्तोल र ५ थान गोली समेत समेत बरामद गरेको जनाएको छ । गोलीलागि हतियारधारी समूह घाइते भएको हुन सक्ने अनुमान गरेको प्रहरीले रातीबाट नेपाल भारत सीमामा सर्च अप्रेशन जारी राखेको सुनसरीका प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…