सिरहामा बम विस्फोट, २ घाईते !
विस्फोटबारे थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले बताएको छ ।

२०७५ मंसिर २३ आइतबार, दिउँसो १२:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा बम विस्फोट भएको छ । सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको हो ।
सिमाबर्ती क्षेत्र ठाडीमा आइतबार विहानै भएको बम विस्फोटमा परी २ जना घाईते भएका छन् । घाईते हुनेहरुमा स्थानीय २७ वर्षीय संजय यादव र २८ वर्षका ओम प्रकाश यादव रहेका छन् ।
उनीहरुको भारतस्थित लौकाहामा उपचार भइरहेको छ भने अवस्था खतरामुक्त रहेको बताइएको छ ।
गाउँ नजिकै सिमाबर्ती बलान खोलामा विहान शौच गर्न गएका बेला लावारिस अवस्थामा राखिएको झोलालाई खोलेर हेर्न खोज्दा बम विस्फोट भएको प्रहरीले जनाएको छ ।
विस्फोटबारे थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले बताएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…