विवाहपँचमीको तेस्रो दिन आज 'धनुषयज्ञ' हुँदै
धनुषयज्ञको प्रतिकात्मक लीला अति रोमाञ्चित हुन्छ ।

२०७५ मंसिर २३ आइतबार, बिहान ९:०४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको दोस्रो दिन फूलबारी लीला सम्पन भएको छ भने आज तेस्रो दिन धनुषयज्ञ हुने भएको छ ।
सात दिनसम्म मनाइने मधेश मिथिलाको विवाहपञ्चमी महोत्सवको पहिलो दिन जानकी नगरदर्शनले विधिवत रुपमा प्रारम्भ भएको थियो । शनिबार फूलबारी लीला विवाहमण्डपको बगैँचा फूलबारीमा भएको छ । आज धनुषयज्ञमा रामसीताको धनुषलिला प्रतिकात्म रुपमा देखाइने छ ।
त्रेतायुगमा भगवान श्री राम एवम् जगत जननी माता सीताको स्वयम्वर भएको दिनलाई प्रतिकात्मक बनाई प्रत्येक वर्ष जनकपुरधाममा धनुषयज्ञ गरिदै आएको छ । यसपाली धनुषयज्ञ भने बाह्रविघा रंगभूमि मैदानमा हुने जानकी मन्दिरका छोटा महन्त रामरोशन दास वैष्णवले न्यूज ब्यूरोसँग भने ।
धनुषयज्ञको लागि सम्पूर्ण तयारी पूरा भएको जनाउँदै दिउँसो १२ बजेदेखि नै धनुषयज्ञको कार्यक्रम सुरु गरिने जनाइएको छ । देश विदेशबाट आउने श्रद्धालु भक्तजन एवम् अयोध्याबाट आउने जन्ती (बाराती) लाई मध्यनजर गर्दै सुलभ शौचालय, वास, खानको व्यवस्था आयोजक समितिले सहज पार्ने जनाइएको छ ।
पहिले पहिले अयोध्याबाट जन्ती आउँदा हात्ति, घोडा, उँट चढेर हजारौँ हजारको सँख्यामा जन्ती तथा श्रद्धालुहरु आउने गर्दथ्यो । वितग केही वर्षदेखि देशको राजनीतिक अस्थिरता र सुरक्षाको दृष्टीकोणले पनि श्रद्धालु कम आएको देखिएपछि अब यसपालीदेखि पुनः पौराणिक समय दोहरिन लागेको महन्त दासले बताए ।
यसपाली भारत युपी राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जन्तीलाई नेतृत्व गर्दै जनकपुरधाम आउने भएपछि प्रदेश सरकार र जानकी मन्दिरका महन्तले उनको सेवा र सत्कार एवम् स्वागतको लागि विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ ।
आज दिउँसो देखि सुरु हुने धनुष यज्ञमा हजारौँ श्रद्धालुहरु सहभागी हुने छ । यसपाली मित्र राष्ट्र भारतको विभिन्न ठाउँबाट विवाहपँचमीको सप्ताव्यापी कार्यक्रमदेखि नै उपस्थिति जनाएको देखिएको छ ।
धनुष यज्ञमा त्रेतायुगमा विदेह राजा जनकले आफ्नी पुत्री माता जगत जननी सीताकी विवाहको लागि शिवधनुष भाँच्न सकिने योद्धासँग मात्र विवाह गर्ने प्रावधान राखेपछि साधारण मनुष्यको अवतारमा आएका भगवान विष्णुको राम अवतारले शिव धनुषमा प्रतञ्चा चढाउँदै धनुष भाँचेपछि रामसीताको विवाहभएको किम्बदन्ती छ । धनुषयज्ञको प्रतिकात्मक लीला अति रोमाञ्चित हुन्छ ।
विवाह पञ्चमीको पहिलो दिन नगर दर्शन , दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौँ दिन मटकोर र छैठौं दिन मंसिर २६ गते राम–सीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । विवाह महोत्सवका लागि यसवर्ष पनि अयोध्याबाट हात्ती, घोडा र ऊँट लिएर हजारौंको संख्यामा साधुसन्त आउन लागेका हुन् ।
जन्तीको नेतृत्व गरेर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि आउने छन् । राम–सिता स्वयंम्बरका दिन हेलिकप्टरबाट पुष्पवृष्टि गरिने कार्यक्रम पनि रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोषण दास वैष्णवले जानकारी दिए ।
रामजानकी विवाहमहोत्सव त्रेता युगमा भगवान रामजानकीको विवाह भएको संस्मरणमा मनाईदै आएको छ । मिथिला रिती अनुसार बैबाहिक कार्यक्रमहरुको आयोजना गरिएको छ ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…