धनुषाको महेन्द्रनगर मोटरसाईकल दुर्घटना हुँदा २ गम्भिर !
चालक साहको अनुहारमा गम्भिर चोट लागेको छ ।

२०७५ मंसिर २२ शनिबार, बेलुकी ७:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको महेन्द्रनगरमा शनिबार (आज) साँझ मोटरसाईकल दुर्घटना हुँदा दुई जना गम्भिर घाईते भएका छन् ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगर र मिथिला नगरापालिका वडा नं. नक्टाझिझ जोडने पूलदेखि करिब २०० मिटरको दुरीमा भएको उक्त मोटरसाईकल दुर्घटनामा एक जना समान्य तथा दुई जना गम्भिर घाईते भएका हुन् ।
ढल्केवरबाट जनकपुरतर्फ आउँदै गरेको ज ६ प ९१९५ नम्बरको मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिएपछि दुर्घटना हुँदा मोटरसाईकल चालक एवम् पछाडी सवार एक जना गम्भिर घाईते भएका छन् भने ठक्कर दिएका पैदलयात्रीको हात भाँचिएपनि अवस्था समान्य रहेको जनाइएको छ ।
उक्त दुर्घटनामा मोटरसाईकल चालक जनकपुरधाम उपमहानगरपालिका जिरोमाईल बस्ने अन्दाजी बर्ष २६ का विकास साह रहेका छन् भने पछाडी सवार युवकको नाम ठेगाना खुल्न सकेको छैन । दुर्घटना भएको केही समयपछि स्थानीयहरुले रमैया भवाडी स्थित रहेको जानकी मेडिकल कलेजमा उपचारको लागि पठाएका हुन् ।
पैदल यात्री धनुषाको मिथिला नगरपालिका वडा नं. २ राघोपुर बस्ने अन्दाजी बर्ष ३३ का राम एकवाल राउत रहेको जनाइएको छ । उनको हातमा गम्भिर चोट लागेर हात नै भाँचिएको छ भने स्थानीय स्तरमा उपचार भईरहेको छ ।
चालक साहको अनुहारमा गम्भिर चोट लागेको छ । उनको नाक र मुखबाट रगत आएको देखिएको थियो । यस बारे थप अपडेट आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…