डा. सिके राउत जेल चलान !
राउत विरुद्ध दायर गरिएको मुद्धा अहिले जिल्ला अदालतमा विचाराधीन रहेको थियो ।

२०७५ मंसिर २० बिहीबार, बेलुकी ५:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । स्वतन्त्र मधेश गठबन्धनका सँयोजक डा. सिके राउतलाई आज जेल चलान गरिएको छ ।
छुट्टै मधेश देशको माग गर्दै तराई मधेशमा अलग राष्ट्रको गतिविधि गर्दै आएका डा. राउतलाई विहिबार रौतहट जिल्ला अदालतले पूर्वपक्षको लागि उनलाई करागार थुनामा पठाइएको हो ।
यस अघि गत सोमबार मात्र सर्वोच्च अदालतले डा. राउतको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरेपछि उनलाई पुनः रौतहट जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।
नेपाल सरकारबाट कुनै सबूत पेश गर्न नसकिएपछि उनलाई पूर्वपक्षको लागि तत्काल कारागार पठाइएको हो । राउतलाई प्रहरीले असोज २१ गते रौतहट प्रहरीले पक्राउ गरेको थियो ।
राज्यविरुद्धको संगठित अपराधमा संलग्न भएको आरोपमा राउत विरुद्ध दायर गरिएको मुद्धा अहिले जिल्ला अदालतमा विचाराधीन रहेको थियो ।
गत कातिक १२ गते राउतका आफन्तले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । विहिबार जिल्ला अदालतले उनलाई पूर्वपक्षको लागि थुनामा राख्न आदेश गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…