गोलबजारमा चुनावी सरगर्मी, भरत भर्सेस जिबछ !
जित कसको पोल्टामा पर्ने भन्ने बिषयमा चर्चा बढ्दो ।

२०७५ मंसिर १९ बुधबार, दिउँसो १२:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । गोलबजारमा चुनावी सरगर्मी तातेको छ । आउँदो मंसिर २१ गते हुन गइरहेको गोलबजार उद्योग व्यापार संघको चुनावको मिति नजिकिएसँगै चुनावी माहोल तातेको हो ।
चुनावमा व्यापारीहरुले चुनावी प्रचारको लागी स्पष्ट रुपमा बिभाजित भएको देखिएको छ । उनीहरुले आ–आफ्नो पक्षलाई जिताउन जोडतोडले लागी परेका छन् । चुनावमा भरत अग्रवाल र जिबछ साह गरी २ प्यानलको उम्मेदवारी छ ।
गोलबजारको व्यापारमा युवा नेतृत्वको आवश्यक रहेको भन्दै व्यापारीहरुकै अनुरोधमा भरत अग्रवालले उम्मेदवारी दिएको बताइन्छ भने जिबछ साहको पक्षमा पनि उत्तिकै वकालत भइरहेको देखिन्छ ।
यो चुनावमा दुबै प्यानलबीच कडा प्रतिस्पर्धा हुने स्थानीय व्यापारीहरुको पूर्वानुमान छ । जित कसको पोल्टामा पर्ने भन्ने बिषयमा चर्चा बढ्दो देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…