'जित्नुस तर कुनै पार्टीको गुलामी नगर्नुस' : मुख्यमन्त्री राउत
चुनाव जितेर पनि कसैको पेवा नगर्न ईन्जिनीयरहरुलाई आग्रह

२०७५ मंसिर १६ आइतबार, राति ८:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो , जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउत गद्दीले चुनाव जीतेर पनि कुनै राजनीतिक पार्टीको गुलामी नगर्न आग्रह गरेका छन्
।
प्रदेश न २ को नेपाल इन्जिनियर्स एसोसिएसन अन्तर्गतको प्रचार प्रसार समितिद्धारा लोकतान्त्रिक समूहको उम्मेदबारहरुले आयोजना गरेको अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रममा मुख्यमन्त्री राउतले चुनाव जितेर पनि कसैको पेवा नगर्न ईन्जिनीयरहरुलाई आग्रह गरे ।
उनले भने, - "र्इन्जिनियरहरुको नेतृत्व गर्नेलाई जिताउनु , देश निर्माणका लागि र्इन्जिनियरहरुको भुमिका महत्वपूर्ण रहेको हुनाले सहि नेतृत्व गर्ने इन्जिनियरले देशको विकास गर्छ , यदि गलतको हातमा परियो भने मुलुकमा भ्रष्टाचार बढ्छ । प्रदेश न २ विकासको नजरले पाँचौ स्थानमा रहेको छ , त्यो विकास को मामिला होस , गरिबी अरुमा होस पछाडी परेको तर इन्जिनियरहरु विकास को कामलाई अगाडि बढायो भने यो प्रदेश विकासको नजर सब भन्दा अगाडी बढ्छ । जस्ले राम्रो काम गर्छ त्यस्तालाई होसला बढाइ दिनु अनि त्यो राम्रो काम गर्छ मात्र नरा जूलूस लगाएर अगाडि बढ्दैन ।"
देशलाई बर्बाद पार्ने सिंहदरबारका ठुला ठुला व्यक्तित्व रहेको भन्दै त्यसकै आडमा आफ्ना छोराछोरीलाई जनताकै पैसा लुटेर अमेरिका, युरोप पढाउने तथा आम जनताका छोराछोरीले विद्यालयसम्म पहुँच पनि बनाउन नकिने बाध्यता सृजना गरेको आरोप लगाए ।
आउँदो मँसिर २८ गते हुन लागेको नेपाल इन्जिनियर्स एसोसिएसनको चुनावमा लोकतान्त्रिक समूहका उम्मेदवाहरुमा ईन्जिनीयर मनोज कुमार दास, लालबाबू चौरसिया, भावेश मिश्रा, दीलिप कुमार श्रीवास्तव, श्याम किशोर यादव लगायतका ईन्जिीनीयरहरुले उम्मेवदारी दिदैछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…