मिर्चैयाका टाईम्स स्कूलले १ दलित बालकलाई १२ सम्म निःशुल्क पढाउने !
भविष्यमा आफ्नै खुट्टामा उभ्न सक्ने विश्वास ।

२०७५ मंसिर १५ शनिबार, दिउँसो २:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मिर्चैयाका टाईम्स स्कूलले एकजना दलित बालकलाई कक्षा १२ सम्म निःशुल्क पढाउने घोषणा गरेको छ । सिरहाको कर्जन्हा नगरपालिका–९ दनुवारी टोलका बासिलाल पासमानका १३ वर्षीय छोरा पप्पु पासमानलाई मिर्चैयामा अवस्थित टाईम्स स्कूलले कक्षा १२ सम्म निःशुल्क पढाई दिने घोषणा गरेको हो ।
आर्थिक समस्याका कारण केहि महिनाअघि मात्र ब्रेन ट्युमरको थलेका बालकलाई दाताहरुको सहयोगमा उपचार गराएर निको भएपछि विद्यालयले निःशुल्क पढाउने घोषणासहित बालकलाई कक्षा ४ मा भर्ना गरेको छ ।
उपचारका लागि रकम नहुँदा ब्रेन ट्युमरले थलिएका बालकलाई टाईम्स स्कूलकै सञ्चालक सदस्य प्रभात महतोले “पप्पु बचाउ अभियान” नै सञ्चालन गरेको थियो ।
आर्थिक अवस्था एकदमै कमजोर रहेका बालक पप्पु पासवानलाई भविष्यमा आफ्नै खुट्टामा उभ्न सक्ने विश्वाससहित टाईम्स स्कूलले कक्षा १२ सम्म निःशुल्क पढाउने निर्णय गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…