जनकपुर : राजधानीको नाममा घरभाडाको आतंक
विद्यार्थीहरुले यस्तो किन लिएको सोध्दा घर खाली गर्न धम्की

२०७५ मंसिर १४ शुक्रबार, बिहान ८:४३ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको बजार क्षेत्रमा सटर भाडा वृद्धिले आतंक फैलाइएको छ ।
तीन तहको निर्वाचन पश्चात् प्रदेश २ को राजधानी जनकपुरधाम भएपछि यात्रुहरुको संख्यामा वृद्धि देखेर घरधनीहरुले डेढ गुणा बढी घरभाडा बढाएको गुनासो रहेको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा जनकपुरधामको सडक फराकिलो गर्ने क्रममा भत्काइएको घरहरुको कारण यहाँका व्यवसायहरु शुन्यमा झरेको भएपनि घरधनीहरुले तीनगुणासम्म घर भाडा बढाएपछि व्यापारीहरु निक्कै चिन्तित बनेका छन् ।
‘व्यापार व्यवसाय सुन्यमा झरेको छ । जनकपुरधामको मुख्य बजारमा यात्रुहरु आउने गरेको छैन । तर तोडफोड पश्चात् घर निर्माण हुन वितिकै घरधनीहरुले तीनगुणा घरभाडा भएको हो’ व्यापारी रघुनाथ यादवले गुनासो पोखे ।
उनले व्यापारीहरुमा एकता छैन, हामीले घर छोडेमा अर्कोले लिन तयार रहेको छ । यस्तो अवस्थामा यहाँबाट पलायन हुने बाहेक कुनै उपाय समेत नरहेको बताएका छन । पत्रकार कैलाश दासले समाचार लेखेका छन् ।
‘जनकपुरधाम नगरभित्रमा सटरहरु महँगो भएपनि प्रायः सटर भाडामा लिनेहरुलाई घरधनीहरुले शौचालयको व्यवस्था गरेको छैन’ अमेरिकन कम्प्यूटरका सञ्चालक प्रविण साहले भने ‘जनकपुरधाम ऐतिहासिक एवं धार्मिक स्थल मात्र रहेन, प्रदेश - २ को राजधानी समेत भई सकेको छ । तर नगरभित्रमा शौचालयको व्यवस्था न त नगरपालिकाले गर्न पाएको छ नत्र सटर लगाउने घरधनीहरुले ।’
एकीकृत सहरी विकास योजना अन्तर्गत सडक फराकिलो क्रम जारी नै छ । सोही क्रममा कतिपय पसलहरु सारेर अर्को ठाउँमा गई सकेको छ । उनी कहाँ पुरानो ग्राहकहरु पुग्न नसक्दा व्यापारीहरु चिन्तित बनेका छन् ।
जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहले हल्ला मैले पनि सुनेको छु । तर संघमा त्यस्तो कुनै गुनासो आएको छैन । घरधनी र व्यापारीहरुले मिलेर नै घरभाडा बढाएको आफूले महसुस गरेका छौ । त्यस्तो कुनै प्रकारको गुनासो आएमा घरधनी र व्यापारीबीच छलफल गरी समस्या समधान गर्ने छौ । व्यापारसंघ व्यापारीहरुकै हितमा रहेको छ । तर व्यापारीहरु समस्या लिएर संघमा आउनुपर्ने बताएका छन् ।
ग्रामिण भेकबाट उच्च शिक्षा अध्ययनको लागि जनकपुर आउने गरेका गरिब, विपन्न र मध्यम परिवारका विद्यार्थीहरुले समेत चर्को घर भाडा तिर्न बाध्य भएका छन् । राजधानीकै नाममा प्रत्येक वर्ष १० प्रतिशत घर भाडामा वृद्धि गर्ने गरेको छ ।
राजधानीकै नाममा दैलोमा हिडे वापत २० रुपैयाँ, पैसेज (बरण्डा) को २० रुपैयाँ, विजुली बिल १४ रुपैयाँ प्रतिमिटर सहित सर्भिस चार्जमा समेत ३० रुपैयाँ लिने गरेको छ भाडा बाहेक ।
शौचालयमा बल्ब लगाएको बापत २० रुपैयाँ, धारा नीर बल्ब लगाएको वापत पनि २० रुपैयाँ असुली जबरदस्ती विद्यार्थीहरुबाट गर्दै आएको देखिएको छ । विद्यार्थीहरुले यस्तो किन लिएको सोध्दा घर खाली गर्न धम्की दिन्छन् यहाँका घरबेटीहरुले ।
"जति भाडा छ दिनुस्, नभए खाली गरिदिनुस्, अर्को आउँछ तपाईभन्दा बढी भाडा दिन्छ । तपाईलाई जहाँ मन लाग्छ जानुस् , यदी बस्नुहुन्छ भने मैले भनेको अनुसार नै भाडा लाग्छ । "- एक घरबेटीलाई उदृत गर्दै नाम नखोल्ने शर्तमा एक विद्यार्थीले भने ।
विजुलीको प्रति युनिट सरकारले ७ रुपैयाँ ३० पैसा देखि ८ रुपैयाँसम्म लिएपनि घरबेटीहरुले भने विद्यार्थीहरुसँग १४ रुपैयाँको दरले चर्को शूल्क लिने गरेको छ ।
यता, धनुषा चेम्बर अफ कमर्सका अध्यक्ष विजय साहले नगरभित्रमा घर भाडा आतंक फैलिएको सही कुरा हो । तर व्यापारीहरु त्यसको आवाज उठाउन आँट गरिरहेको छैन । मैले पटकपटक कति प्रतिशतसम्म घरभाडा बढाइएको हो ।
एग्रीमेन्ट पेपर दिन माँग गर्दा पनि उनीहरुले दिन नमानिरहेको गुनासो पोखेका छन । अध्यक्ष साहले यस सन्दर्भमा छिट्टै जनकपुरधाम उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाउने तयारीमा जुटेको समेत बताएका छन ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…