अबको दुई वर्षपछि यस्तो देखिनेछ- 'जनकपुरधाम' (फोटो सहित)
जनकपुरधामको परिकल्पना तस्विर समेत जारी गरिएको छ ।

२०७५ मंसिर १२ बुधबार, राति ८:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मँगलबार जनकपुरधाम उप–महानगरपालिका र खानेपानी मन्त्रालय बिच भएको सम्झौता पश्चात जनकपुरधामको पौराणिक रुपलाई सौन्दर्यीकरण गरिने भएको छ ।
मँगलबार भएको उक्त सम्झौतामा जनकपुरधाम सरसफाई तथा पोखरी सम्बरधन योजनाको सम्झौता भए लगत्तै अबको दुई वर्षपछि देखिने जनकपुरधामको परिकल्पना तस्विर समेत जारी गरिएको छ ।
खानेपानी मन्त्रालयबीच नगरपालिकाको करिब २०० करोडको सम्झौता भएको हो ।
बाह्रविघा रँगभूमि मैदानलाई अन्ताराष्ट्रिय स्तरको मैदानको रुपमा सौन्दर्यीकरण गरिने भएको छ भने पोखरीमा गँगासागर लगायत ३१ वटा पोखरीको सौन्दर्यीकरण गरेपछि देखिने दृश्यको परिकल्पना समेत जारी गरिएको छ ।
सफाई अभियानमा लागेका सफाई अभियानीहरुको सहयोगले जनकपुरधाम उपमहानगरपालिकाले अबको दुई वर्षमा दिने जनकपुरधामको स्वरुपलाई तस्विरमा हेर्न लायक बनाएको छ ।

यस सम्बन्धी पहिलो समाचार
जनकपुरधाम बनाउन '२०० करोड'
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…