राज्यको विभेदले मधेशको शिक्षा खस्केको छ : मुख्यमन्त्री राउत
संविधानले दिएको अधिकारलाई अंगिकार गर्दै प्रदेश सरकार शिक्षा नीतिमा अगाडी बढने

२०७५ मंसिर १२ बुधबार, दिउँसो ३:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतले राज्य विभेदको कारण मधेशको शिक्षास्तर खस्किएको बताएका छन् ।
शिक्षा सम्बन्धि नीति बनाउने अधिकार प्रदेश सरकारलाई हुनु पर्ने बताउँदै मुख्यमन्त्री राउतले प्रदेश भित्रको शिक्षा नीतिमा एकरुपता ल्याउन समेत यो आवश्यक रहेको बताए।
विगतमा राज्यतह बाट भएको विभेदको कारण मधेशको शिक्षा स्तर खस्किएको उल्लेख गर्दै उनले संविधानले दिएको अधिकारलाई अंगिकार गर्दै प्रदेश सरकार शिक्षा नीतिमा अगाडी बढने प्रतिवद्धता जनाए ।
उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले आज जनकपुरमा आयोजना गरेको सुझाव संकलन कार्यक्रमलाई सम्बोधन उनले विगत जस्तै यो आयोग पनि नामको मात्र नहोस त्यस तर्फ आयोगका सदस्यहरुलाई सचेत गराए । उनले भने तपाईहरुले यस्तो नीति बनाई दिनु प¥यो जसलाई प्रदेशले सहजै अंगिकार गरोस ।
मुख्यमन्त्री राउतले पारम्परिक शिक्षा भन्दा पनि प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेर नीति निर्माणमा अघी बढ्न आयोगलाई सुझाव दिए ।
शिक्षा विद एवं आयोगका सदस्य डा. विद्यानाथ कोइरालाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजिक विकास मन्त्री नवलकिशोर साह, राज्यमन्त्री अभिराम शर्मा, प्रदेश सभा सदस्य परमेश्वर साह, जनकपुरधाम उपमहानगरका उपप्रमुख रिता झा सहितको सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…