जनकपुरधाम बनाउन '२०० करोड'
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी मन्त्रालय बिच मंगलवार करिब २ सय करोड बराबरको सम्झौता भएको छ । जनकपुरधामलाई सम्वर्दन तथा प्रर्वद्धनको लािग एक अरब दुई करोड़ अशी लाख नबे हजार तीन सय तिहत्तर रुपैयाँ बरावरको योजना सम्झौता भएको हो । मंगलवार दिउँसो जनकपुरधाम उप–महानगरपालिका र

२०७५ मंसिर ११ मंगलबार, राति ८:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी मन्त्रालय बिच मंगलवार करिब २ सय करोड बराबरको सम्झौता भएको छ ।
जनकपुरधामलाई सम्वर्दन तथा प्रर्वद्धनको लािग एक अरब दुई करोड़ अशी लाख नबे हजार तीन सय तिहत्तर रुपैयाँ बरावरको योजना सम्झौता भएको हो ।
मंगलवार दिउँसो जनकपुरधाम उप–महानगरपालिका र खानेपानी मन्त्रालयका पदाधिकारीहरु विच ३१ वटा पोखरी र वाह्र विघा मैदानको अन्तर्राष्ट्रिय स्तरको मैदानको रुपमा विकास गर्नकालागि सम्झौता भएको छ ।
सम्झौतामा जनकपुरधाम उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडा २५ का वडाध्यक्ष उमेश यादव र खानेपानी मन्त्रालयका सीडिइ रामकुमार श्रेष्ठ, महानिर्देशक सुनिलकुमार दास र आयोजना तर्फवाट इन्जिनियर सुधिर कुमार साहले हस्ताक्षर गरेका छन् । आयोजना प्रमुख विद्यानाथ भट्टराई र मेयर लाल किशोर साहले प्रमाणिकरण गरेका थिए ।
महानिर्देशक सुनिलकुमार दासको अध्यक्षतामा सोमवार बसेको वैठकवाट सो सम्झौता गरिएको हो । वैठकमा खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुर, उप–महानगरपालिकाका मेयर लाल किशोर साह, खानेपानी तथा ठल व्यवस्थापन विभाग का मिना श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…