मधेशकी बेटीलाई नायिक रेखा थापाले जगाउने !
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश सरकारले लागू गरेको "बेटी पढाउ, बेटी बचाउ" अभियानमा अभिनेत्री एवम् नायिका रेखा थापा सघाउने भएकी छन् । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतले लागू गरेको बेटी पढाउ, बेटी बचाउ अभियानको लागि नायिका थापाले प्रदेशमा उक्त अभियानको लागि एक शान्तीदुतको रुपमा अभियान सँचा

२०७५ मंसिर ११ मंगलबार, दिउँसो २:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश सरकारले लागू गरेको "बेटी पढाउ, बेटी बचाउ" अभियानमा अभिनेत्री एवम् नायिका रेखा थापा सघाउने भएकी छन् ।
प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतले लागू गरेको बेटी पढाउ, बेटी बचाउ अभियानको लागि नायिका थापाले प्रदेशमा उक्त अभियानको लागि एक शान्तीदुतको रुपमा अभियान सँचालन गरिएको बताइन् ।
मुख्यमन्त्रीको कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अभिनेत्री एवम् अभियानी थापाले प्रदेश सरकारले सँचालन गरेको "बेटी पढाउ - बेटी बचाउ" अभियानमा प्रत्यक्ष रुपमा सघाउने बताइन् ।
वर्तमान परिस्थितिमा मधेशमा देखिएको महिला हिँसा, बालविवाह र छोरीचेलीको शिक्षाप्रति उत्सुकता राख्दै मधेशकी छोरीहरुलाई शिक्षाप्रति झन जागरुक गर्ने बताइन् ।

मधेश सरकारको अभियानमा नायिका थापाले शान्तीदुतको रुपमा अभियानलाई तिव्रता दिने बताइएको छ । उनी प्रदेश नं. २ मा छोरीको शिक्षा सम्बन्धी अभियान तथा महिला हिंसा विरुद्धको अभियानलाई सँगै लैजाने बताइन् ।
उनले भनिन् "यो अभियानलाई पैसा दिएर होइनन् तराई मधेस सहित देशभरिकै जिल्लाहरुमा आफ्नो अधिकारबाट बञ्चित भएकी, महिला हिंसाको सिकार भएकी र सुतेकी छोरीहरुलाई अधिकारको लागि, समृद्धीको लागि जगाउन चाहन्छु । म एउटा जिल्ला मात्र होईन देशको हरेक जिल्ला घुम्न चाहन्छु । त्यसको लािग स्थानीय सरकार, प्रदेश सरकारले प्लेटफार्म दिएको छ र म गर्छु ।"
यसअघि नायिका रेखा थापालाई प्रदेश सरकारले उक्त अभियानको लागि शान्तीदुत घोषणा गर्ने चर्चा चलेपनि मुख्यमन्त्री राउतले भने नायिका थापाको आफ्नै अभियान रहेको र हामीलाई सहयोग मात्र गर्ने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…