डा. सिके राउतका ३ कार्यकर्ता रिहा
उनीहरुलाई केही घण्टा हिरासतमा राख्दै साँझ रिहा गरिएको हो ।

२०७५ मंसिर ११ मंगलबार, बिहान ८:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । रंगभेदी दिवस मनाईरहेका बेला पक्राउ गरिएको तीन स्वराजीलाई प्रहरीले अबेर साँझ रिहा गरेका छन् ।
मँसिर १० गते मनाउँदै आएको रंगभेदी विरुद्धको दिवस मनाउने क्रममा स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरुलाई धनुषा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका तीनै जनालाई सोमबार साँझै रिहा गरेका हुन् ।
नेपाल सरकारले छालाको रंगको आधारमा विभेद गर्दै आएको भन्दै त्यसको विरोधमा स्वतन्त्र मधेस गठबन्धनका सँयोजक समेत रहेका डा. सिके राउतले प्रत्येक वर्ष मँसिर १० गते रंगभेद विरुद्धको दिवस मनाउँदै आएको छ ।
दिवस मनाउने क्रममा सोमबार स्वराजी दीपनारायण यादव, किलेश मंडल र विजय यादवलाई धनुषा प्रहरीले गिरफ्तार गरेका थिए । उनीहरुलाई केही घण्टा हिरासतमा राख्दै साँझ रिहा गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…