मधेशको विकास केपी ओलीकै पालामा : मन्त्री महासेठ
वर्तमान सरकार मधेसको विकासमा प्रतिवद्व

२०७५ मंसिर ९ आइतबार, बिहान ९:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । संघिय सरकारका भौतीक पुर्वाधार तथा विकास मन्त्री रघुविर महासेठले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा धनुषा सहित तराई मधेशमा विकास निर्माणको लहर आउने दावी गरेका छन ।
शनिबार धनुषाको मुखियापट्टी मुसरनियामा पुर्व गाविस अध्यक्ष स्वः भोला यादवको स्मारक अनावरण तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री महासेठले प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा यसअघि समेत विभिन्न विकास निर्माणको बजेट आएको बताए ।
उनले त्यसवेला मन्त्री कोहि रहेपनि प्रधानमन्त्री ओलीकै पालामा धनुषामा व्यापक बजेट आएको बताए । मन्त्री महासेठका अनुसार जनकपुरधाम–जटही ६ लेन ( सिक्स लेन) सडकको नामाकंरण सहिद दुर्गानन्द झाको नामले राखिने छ । उनले छिट्टै मन्त्री परिषदको बैठकवाट निर्णय लिने समेत बताए ।

कार्यक्रममा बोल्दै संघिय सांसद एवम महासेठकी पत्नी जुली महतो र प्रदेशसभा सदस्य किशोरी साह कमलले समेत वर्तमान सरकार मधेसको विकासमा प्रतिवद्व रहेको बताए ।
कुल १३ लाखको लागतमा मुखियापट्टी मुसरनिया गाँविसका पुर्व अध्यक्ष स्व।भोला यादवको स्मारक वर्तमान गाँउपालिकाको वडा नं. ६ मा निर्माण गरिएको छ ।
स्वः भोला यादवका पुत्र मनोज यादव अहिले मुखियापट्टी मुसरनिया गाँउपालिकाका प्रमुख हुन । गाँउपालिकाकै बजेटमा उनले आफना स्वः पिताको स्मारक निर्माण गरेका छन । स्वः यादव त्यसक्षेत्रका चर्चित नेता थिए ।
उनी पटक पटक गाँविस अध्यक्ष र प्रधानपञ्च समेत बनेका थिए । २०५९ साल बैसाख २५ गते उनको गोली प्रहार गरि हत्या भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…