मानैर ठाकुरको हत्यारा चिनियो : मेयर दास
स्थानीय बहादुर मण्डल यस घटनाका मोहरा मात्र |

२०७५ मंसिर ८ शनिबार, बेलुकी ६:४८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिका वडा नं. ५ मुडिबा बस्ने ६५ बर्षिय मानैर ठाकुर बडहीको हत्या काण्ड अहिले जल्दोबल्दो मुद्दाको रुपमा रहेको छ ।
गत कार्तिक २८ गते बुधबार साँझ घरबाट निस्केका ठाकुरलाई स्थानीय अज्ञात व्यक्तिले अपहरण गरी घर नजिकै छुरा प्रहार गरी हत्या पश्चात् फालेको अवस्थामा शव भेटाएको थियो ।
न्यूज ब्यूरोसँग कुराकानी गर्दै विदेह नगरपालिकाका मेयर बेचन दासले ठाकुरको हत्यारा चिनिएको भन्दै पुष्टि भएलगत्तै सार्वजकि हुने बताएका छन् ।
राजनीतिक हिसाबले ठाकुरलाई हत्या गरी निर्दोष व्यक्तिलाई मोहरा मात्र बनाएको छ । त्यस काण्डमा पोलिएको नाम मोहरा मात्र हुन् । असली हत्यारा कोही अरु छन् , स्थानीयहरु सहित पीडित परिवारले पनि बुझीसकेका छन् । तर कानुनी प्रक्रियाबाट सार्वजनिक हुनेछ । यसरी हामीलाई भन्न मिल्दैन । उनले भने ।
ठाकुर हत्या प्रकरणका अभियुक्तलाई पक्राउ गर्नको लागि धनुषा प्रहरीले सबै कसरत तथा प्रक्रिया पुरा गरेको भन्दै केही दिनमै अपराधी प्रहरीको गिरफ्तमा हुने मेयर दासले बताए । उनले ठाकुर हत्या प्रकरणको अनुसन्धानलाई प्राथमिकता साथ हेरिदिन धनुषाका प्रहरी प्रमुख एसपी गोविन्द थपिलयालाई आग्रह गरेको बताए ।
उनले भने, "मलाई र मेरो कार्यकाललाई फेल गर्नको लागि स्थानीय केही समुदाय लागिपरेको छ । म अल्पसँख्यक समुदायबाट जननिर्वाचित मेयर हुँ । मेरो कुनै कार्यबाट जनता असन्तुष्ट हुन सक्छ । मेरो विगतका काम कर्तव्यबाट दुःखि भएको हुन सक्छ तर जनप्रतिनीधि भएपछि त्यसलाई सुधार गर्ने तर्फ उन्मुख भएको छु । जो उनीहरुलाई स्वीकार छैन र नियमित रुपमा यस्ता घटनाहरु घटाईरहेका छन् ।"
मानैर ठाकुरको हत्या पश्चात जनकपुर अञ्चल अस्पतालमा पोष्टमार्टम गरिएको छ । हत्या शंकास्पद र विगतका केही घटनाहरुमा सँलग्न अपराधीहरुको हात हुने सक्ने भन्दै ४ जना चिकित्सकहरुको बोर्ड गठन गरी पोष्टमार्टम गरिएको छ । पोष्टमार्टमको रिपोर्ट भने अहिले आईसकेको छैन् ।
हत्या पश्चात् मुद्दा दर्ता तथा जाहेरीको लागि सक्रियता देखाएका केही स्थानीयहरुले केही दिनमै पछाडी हुन थालेपछि प्रहरीको आशंका बढेको हो । धनुषा प्रहरीले गोप्य तरिकाले अनुसन्धान थालेका छन् भने अति शिघ्र हत्यारा प्रहरीको खोरमा हुने दाबी गरिएको छ ।
यसअघि त्यस प्रकरणमा नाम पोलिएको स्थानीय बहादुर मण्डल यस घटनाका मोहरा मात्र भएको तथा उनको कुनै संलग्नता भने नरहेको र उनलाई फँसाउन खेल मात्र खेलिएको बताइको छ ।
यस घटनाबारे नियमित अपडेटमा हुनेछौं ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…