९ महिने शिशुलाई बलात्कार गरी हत्या गर्ने अभियुक्त जेल चलान
अपहरण गरी बलात्कार र त्यसपछि हत्या गरी आँपको बगैँचामा फालिदिएका थिए ।

२०७५ मंसिर ८ शनिबार, बिहान ७:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । ९ महिने शिशु (बालिका) लाई अपहरण गरी बलात्कार पश्चात हत्या गरेका अभियुक्तलाई जेल चलान गरिएको छ ।
शिशु बलात्कार र हत्या आरोपमै महोत्तरी जिल्ला अदालतले शुक्रबार भङ्गहा नगरपालिका –६ का २५ वर्षीय भरत साह तेलीलाई पूर्वपक्षका लागि जेल चलान गरेका हुन् ।
गत भदौ १० गते साँझ ६ बजे तिर औरही नगरपालिका–१ बस्ने सन्तोष चौधरीकी ९ महिने छोरी (शिशु) सोनाली चौधरीलाई खेलाउने बहानामा अपहरण गरी बलात्कार र त्यसपछि हत्या गरी आँपको बगैँचामा फालिदिएका थिए ।
झण्डै ३ महिनापछि प्रहरी गिरफ्तमा आएका साहलाई जिल्ला अदालत महोत्तरीले पूर्वपक्षको लागि जेल चलान गरेको हो । औरही बजारमै रहेको आफ्नै फैन्सी स्टोरमा आमा इन्द्रेश ग्राहकसँग सामान बेच्न लागेको व्यस्त मौका छोपी भरतले पसलबाटै अपहरण गरी लगेका थिए ।
दूधे बालिका अपहरण गरी लगेर भरतले बिजलपुरा जङ्गलमा जबर्जस्ती करणी गरी हत्या गरेको अवस्थामा प्रहरीले भोलिपल्ट भदौ ११ गते शव बरामद गरेको थियो ।
घटनापश्चात् लामो समयसम्म भागी हिँडेका आरोपीलाई सुनसरी प्रहरीले गत कात्तिक ३ गते अर्थात झण्डै ३ महिनापछि भन्टाबारीबाट प्रक्राउ गरिएको थियो भने ४ महिनापछि उनलाई जेल चलान गरिएको हो ।
महोत्तरी प्रहरीले अभियुक्त साह उपर मुद्दा चलाई जिल्ला अदालतमा उपस्थित गराउँदा उनलाई बालिका अहपरण, जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको छ ।
यस सम्बन्धी पहिलो समाचार
महोत्तरीमा ९ महिने शिशुको बलात्कारपछि हत्या !!!
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…