हुसेनको शव उठाउन परिवारजन यसरी भए सहमत
स्थानीय प्रशासनसँगको छलफल पछि आफनत र स्थानीयले हुसेनको शव उठाउन सहमत भएका हुन् ।

२०७५ मंसिर ६ बिहीबार, राति ८:४९ बजे१ मिनेट पढाइ

चन्दन रौनियार, सुनसरी । गोली हानी हत्या गरीएका दुहबी नगरपालिका वडा नं. ९ का फिदा हुसेनको शव उठाउन परिवार सहमत भएका छन् ।
स्थानीय प्रशासनसँगको छलफल पछि आफनत र स्थानीयले हुसेनको शव उठाउन सहमत भएका हुन् । गृहमन्त्रीको राजीनामा बाहेक अन्य मागहरू सम्बोधन गर्न स्थानीय प्रशासन तयार भएपछि आफन्तहरु शव उठाउन तयार भएको दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले जानकारी दिए ।

आफन्तहरुले बिहीबार विहानैदेखि हत्यामा संलग्नलार्इ कानूनी दायरामा ल्याउनु पर्ने , मृतकलार्इ शहीद घोषणा गर्नुपर्ने, राज्यले दिने राहत रकम तत्काल दिनुपर्ने, हुसेन कार्यरत विद्युत प्राधिकरणमा छोरालाई तुरुन्त जागिरको व्यवस्था गर्नुपर्ने र गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…