कमला पूल नजिक बस दुर्घटना हुँदा १ को मृत्यू, ४० बढी घाईते !
ईलाका प्रहरी कार्यालयका जवानहरु अहिले उद्यार कार्यमा लागेका छन् ।

२०७५ मंसिर ६ बिहीबार, बेलुकी ७:४१ बजे१ मिनेट पढाइ

विनय यादव, सिरहा । कमला नदी पूलको पूर्वी किनारमा यात्रु बाहक बस र मिनी ट्रक एकापसमा ठोकिएर दुर्घटना हुँदा १ मृत्यू भएको छ भने अन्य ४० जना घाईते भएका छन् ।
बिहिवार साँझ पूर्व पश्चिम् राजमार्ग अन्तर्गत् सिरहाको कर्जन्हा नगरपालिका २ स्थित कमला नदीको पूल नजिकै दुर्घटना भएको हो । पश्चिमबाट पूर्व आउँदै गरेको ना. ४ ख. ४८२५ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा. ४ ख. ३९४० नम्बरको मिनी ट्रक एकापसमा ठोक्किएर बसमा सबार ४० बढी यात्रु घाईते भएका छन् ।
१ जनाको भने मृत्यू भएको प्रहरीले पुष्टि गरेको छ । मृतक सर्लाही हरिपुरका अन्दाजी ४५ वर्षीय जगदिश ठाकुर रहेको प्रहरी जनाएको छ । घाईतेहरुलाई उद्धार गरी उपचारका लागि कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल हस्पिटल तथा केहीलाई लहान र सिरहा समेत पठाइएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी शुकदेव खनालले जानकारी दिए ।
दुर्घटनाग्रस्त बस सडकबाट करिब २० मिटर तल खसेको हो । ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) सुकदेव खनालले भने, ‘अहिले हामीले सवैलाई अस्पताल पुर्याएका छौं, को कुन प्रकारका् घाइते हो भन्न सकिने अवस्था छैन, घाइतेमध्ये ७ जना जतिको अवस्था गम्भिर रहेको देखिएपनि यसैभन्न सकिन्न ।’
घटनाबारे विस्तृत विवरण आउन अझै बाँकी रहेको प्रहरीले जनाएको छ । बस सर्लाहीबाट सुनसरीको मरेवाघाट तिर्थयात्राको लागि हिडेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…