जनकपुरको कवाडखानामा भिषण आगलगी, ८ लाखको क्षति !
आगलगीबाट कुनै प्रकारको मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

२०७५ मंसिर ४ मंगलबार, बेलुकी ६:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा एक कवाडखानामा भिषण आगलगी भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ डोमटोल स्थित रहेको कवाडखानामा अचानक भएको आगलगीबाट करिब ८ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
आगलगीबाट कुनै प्रकारको मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
भारत विहारको दरभँगा जिल्ला निवासी तथा हाल जनकपुरधाम उपमहानगरपालिका वडा नंं. ६ डोमबस्ती बस्दै आएकी सिया देवी दासको उक्त कवाडखानामा अचानक आगलगी भएको प्रहरीले जनाएको छ ।
कवाडमा पुराना समाग्रीहरु भएको अवस्था आगलगी कसरी भएको बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । आगो निभाउन समयमै नगरपालिकाको दमकल पुगेर आगो नियन्त्रणमा लिएपनि त्यतिबेलासम्म आगोले सबै समाग्रीलाई आफ्नो चपेटामा लगिसकेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…