भोलीदेखि राजपाको सँयोजकमा 'महतो'
पार्टी संगठनमा भएका सबै प्रकारका नियुक्ति तथा मनोनयनलाई रद्द गर्ने निर्णय

२०७५ मंसिर ४ मंगलबार, बेलुकी ६:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतोलाई सर्वसहमतिले चयन गरिएको छ ।
पार्टी कार्यालय बबरमहलले मँगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष मण्डलको बैठकले पार्टी नेता कार्यकर्ताबीच अनुशासन कायम राख्न राजपा नेपालको विधान अनुसार अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय गर्दै बहुमतबाट महतोलाई सँयोजकको जिम्मेवारी दिइएको हो ।
६ पार्टीबीच भएको एकीकरणको समयमा निर्वाचन आयोगमा बुझाएको केन्द्रीय कार्यसमितिको सूचीलाई आधिकारिक मान्ने निर्णय गरेको छ। पार्टीको महाधिवेशनलाई लक्षित गर्दै जारी रहेको साधारण तथा सक्रिय सदस्यता वितरण अभियानको निर्धारित मितिलाई मंसिर मसान्तसम्म अगाडि बढाउने जानकारी विज्ञप्ति मार्फत गराईएको हो ।
सो बैठकबाट पार्टी संगठनमा भएका सबै प्रकारका नियुक्ति तथा मनोनयनलाई रद्द गर्ने निर्णय गरेको अध्यक्ष मण्डलका सदस्य एवम् वरिष्ठ नेता महन्थ ठाकुरद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…