लहानमा दोश्रो पटक 'साईन्स एण्ड अार्ट मेला'
विद्यार्थीहरु भित्र रहेका प्रतिभालाई प्रषटफूटन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको ।

२०७५ मंसिर ३ सोमबार, राति ८:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको लहानमा साईन्स एण्ड अार्ट मेला हुने भएको छ । जिल्ला भित्र रहेका विभिन्न विद्यालयमा अध्यनरत विद्यार्थीहरु भित्र रहेका प्रतिभालाई प्रष्टफूटन गर्ने उदेश्यले साईन्स एण्ड अार्ट मेला समूह र नव जागरण युवा समाजको संयुुक्त आयोजनामा २ दिने कार्यक्रम हुन लागेको हो ।
कार्यक्रम विगतका वर्ष झै लहानको अस्पताल चोकस्थित प्यारागन पब्लिक स्कूलको प्राङ्गणमा यहि मंसिर ५ र ६ गते गर्न लागेको कार्यक्रमका संयोजक सन्तोष यादवले जानकारी दिए ।
कार्यक्रममा कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुलाई सहभागी गराउने आयोजकले जनाएको छ । उपस्थित विद्यार्थीहरुले कार्यक्रममा आ-आफ्नो कला र प्रतिभा प्रस्तुत गर्नेछन् ।
कार्यक्रममा विद्यार्थीले विज्ञान, समाजिक, वातावरण र आफूभित्र रहेको कला मध्ये रोजेको विषयमा भाग लिन सक्नेछन् ।
इमेजिन, ईन्भेन्ट, ईन्सपायर भन्ने मुल नाराका साथ विगत ३ वर्षदेखि विभिन्न ठाउँमा यो कार्यक्रम हुँदै आएको छ । लहानमा भने दोश्रो पटक हो । गतको वर्षको कार्यक्रममा ५०० बढी विद्यार्थी सहभागी भएका थिए । यस वर्षको कार्यक्रममा ६०० बढी विद्यार्थीहरुको सहभागीता हुने आकडा गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…