मधेसमा मँसिर ५ गते सार्वजनिक विदाको घोषणा
पैगम्बर मोहम्मदको जन्मदिनलाई पारेर एक दिने विदाको घोषणालाई स्वागत गरिएको छ ।

२०७५ मंसिर ३ सोमबार, बेलुकी ७:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का सरकारले मँसिर ५ गते बुधबार सार्वजनिक विदाको घोषणा गरेका छन् ।
मुस्लिम धर्मावलम्बीहरुको विशेष पर्वको रुपमा मनाइने पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा एक दिने सार्वजनिक विदाको घोषणा गरिएको हो । प्रदेश सरकारले एक प्रेस विज्ञप्ति जारी गर्दै एक बुधबार एक दिने सार्वजनि विदाको निर्णय गरेको हो ।

प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मधेसमा मनाईने विभिन्न चाडपर्वलाई ध्यानमा राख्दै प्रदेश सरकारले सार्वजनिक विदाको घोषणा गर्दै आएको हो । पैगम्बर मोहम्मदको जन्मदिनलाई पारेर एक दिने विदाको घोषणालाई स्वागत गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…