अब जनकपुरधामबाट सीधा लखनऊसम्म 'जनरथ बस' सँचालनमा
लखनऊ नेपाल मैत्री बस सेवा अयोध्या, सितामढीको बाटो हुँदै जनकपुरसम्म पुग्ने रुट रहेको छ ।

२०७५ मंसिर ३ सोमबार, दिउँसो १:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपृरधाम । उत्तर प्रदेशको राजधानी लखनऊ र जनक नगरी जनकपुरधामसम्मको लागि अब सिधा बस सेवा सँचालनमा आएको छ ।
भारतको अयोध्या देखि जनकपुरधामसम्म चल्ने बस सेवा अब लखनऊबाट चल्ने भारतीय सँचारमाध्यमहरुले समाचार प्रकाशित गरेको छ । यसको लागि नेपाल सरकारको तर्फबाट बस सँचालनको लागि अनुमति दिइसकेको र दुईट बस सेवा सँचालनमा समेत आएको हो ।
५२ सिट भएको अबध डिपो बसद्धारा सँचालन गरिएको एसी जनरथ २*३ सिट भएको बस आलवाग बस टर्मिनल देखि नेपालको जनकपुरधामसम्म प्रत्येक दिन सँचालन हुने भएको छ ।
लखनऊ नेपाल मैत्री बस सेवा अयोध्या, सितामढीको बाटो हुँदै जनकपुरसम्म पुग्ने रुट रहेको छ ।
आलगवागबाट दिउँसो २ बजे यो बस जनकपुरधामको लागि प्रस्थान गरिनेछ भने विहानपख विहान ६ बजेसम्म जनकपुरधाम आईपुग्ने जनाईको छ । यहाँबाट पुनः दिउँसो १२ बजे लखनऊको लागि रवाना हुने त्यही बस विहानपख विहान ४ बजेसम्म लखनऊ पुगीसक्ने बताइएको छ ।
जनकपुरधाम र लखनऊबीचको दुरी जम्मा ६ सय ७२ किलोमिटर रहेको छ भने प्रति यात्रु भारतीय ९२८ रुपैयाँ तथा नेपाली १५ सय रुपैयाँ भाडा रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…