महोत्तरीमा १० डाँकाले १० लाई हान्दै १० लाख लुटे !
उनीहरुमाथि खुकुरी प्रहार गरिएको दाबी गरेका छन् ।

२०७५ मंसिर ३ सोमबार, बिहान ९:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । गएराती महोत्तरीमा डाँकाहरुको एक समूहले गरेको लुटपाटको क्रममा एकै परिवारका १० जनालाई घाईते तुल्याएको छ ।
महोत्तरी जिल्लाको सोनम गाउँपालिका वडा नं. ३ खखनामा आईतबार मध्यरातिमा ८ –१० जनाको समुहमा आएका अज्ञात समुहले स्थानीय शिवचन्द्र राय यादवको घरमा लुटपाट गर्दै उनका परिवारका सदस्यहरुलाई गम्भिर तुल्याएको छ ।
डाँकाहरुको समूहले मध्यराती घर पस्दै परिवारजन उपर धन्धाधुन खुकुरी प्रहार गर्दै १० जना सदस्यलाई घाईते बनाउँदै करिब १० लाख मूल्य बराबरको गरगहना र धनमाल लुटेर लगेका छन् ।
डाँकाहरुको समुहले वाँसको भाटा र चिरपटले राय परिवारका सदस्यहरु माथि प्रहार गर्दै १० लाख बराबरको जिन्सी समान लुटेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सो समुहले रायको घरमा रहेको ५ पिस नयाँ साडी, ४ वटा मोवाईल, ५ तोला सुन र चाँदीको बाला लगायतका सरसमान लुटेको महोत्तरीका प्रहरी उपरिक्षक ईश्वर कार्कीले जानकारी दिए ।
प्रहरीले वाँसको भाटाले प्रहार गर्दा स्थानिय ललिन राय, संजय यादव र सुरेन्द्र यादव गम्भीर घाईते भएको जानकारी दिएपनि परिवारजनले भने उनीहरुमाथि खुकुरी प्रहार गरिएको दाबी गरेका छन् ।
घटनाको सम्बन्धमा स्थानियले समयमै खबर नगरेपछि ढिलो गरि प्रहरी घटनास्थलमा पुगेकोले घटनामा संलग्नहरु फरार भएकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
यता, उक्त काण्डमा ३ जनाको अवस्था गम्भिर रहेको छ भने अन्यलाई शरिरको विभिन्न भागमा गहिरो चोट लागेको छ । उनीहरुको सम्सीबजारको स्थानीय अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…