रामजानकी मन्दिरका भ्रष्टाचारीहरु उपर मुद्दा !
भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद सजाय हुनुपर्ने माग गरिएको छ ।

२०७५ मंसिर ३ सोमबार, बिहान ७:२६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सर्लाहीको रामजानकी मन्दिरमा भ्रष्टाचार गर्नेहरु उपर मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विदेह मिथिलाक्षेत्र पर्यटन प्रर्वद्धन क्षेत्र विकासको क्रममा सर्लाहीको चक्रघट्टा गाउँपालिका अन्तर्गत पर्ने रामजानकी मन्दिरको पर्खाल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा उक्त समितिका ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उक्त प्रकरणमा उपभोक्ता समितिका अध्यक्ष ओमप्रकाश यादव, अजयकुमार यादव र निर्माण कार्यमा सँलग्न ओभरसियर अनिरुद्र मण्डल विरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो
।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालले एक प्रेस विज्ञप्ति जारी गर्दै निर्माण समितिका अध्यक्ष ओमप्रकाश यादवलाई १ लाख ३५ हजार २ सय २९ र अजयकुमारसँग १ लाख ३१ हजार ३ सय ६५ रुपैयाँ विगो माग गरेको छ । ओभरसियर मण्डलसँग अख्तियारले २ लाख ६६ हजार ५ सय ९५ रुपैयाँ असुल हुनुपर्ने दाबी गरेको उल्लेख रहेको छ ।
काम नै नगरी आफू अनुकूलको उपभोक्ता समितिहरू निर्माण गरी, निर्माण कार्य नै नगरी नक्कली बिल भौचर बनाई ठूलो रकम भ्रष्टाचार गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।
यस्तो छ प्रेस विज्ञप्ति विदेह मिथिला क्षेत्र (सर्लाही, महोत्तरी, धनुषा र सिन्धुली) पर्यटन प्रवर्ध्दन समिति, जनकपुरमा नेपाल सरकारबाट नियुक्त भएका समितिका अध्यक्ष दीपेन्द्रकुमार यादवले आर्थिक बर्ष.०६७/०६८ को अर्थ मन्त्रालयबाट प्रकाशित रातो कितावमा उल्लेखित बजेट अनुसार काम नगरी आफू अनुकूलको उपभोक्ता समितिहरू निर्माण गरी निर्माण कार्य नै नगरी नक्कली बिल भौचर बनाइ ठूलो रकम भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा अनुसन्धान तहकीकातबाट संकलित मिसिल संलग्न उजुरी निवेदन एवं विश्लेषणबाट उपभोक्ता समितिका अध्यक्ष ओम प्रकाश यादव समेतले साविक बेल्ही गाविस-२ हाल चक्रघट्टा गाउँपालिका -२ स्थित रामजानकी मन्दिरको कम्पाउण्डवाल निर्माण, ब्रम्हस्थान ब्रम्हबाको मन्दिरको
कम्माउण्डवाल निर्माणमा आर्थिक बर्ष २०६७/०६८ मा गरेका कार्यहरुको लागत इस्टिमेट, बिल भरपाइ, प्राविधिक मुल्याङ्कन तथा कार्य सम्पन्न प्रतिवेदन अनुसार कार्य नगरी, लागत अनुमान अनुसार जनश्रमदान कटाई काम नै नगरी पर्यटन कार्यालय जनकपुरबाट बढी भुक्तानी लिइ खाईमासी सरकारी रकम हिनामिना गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिम कसुर गर्ने देहाय बमोजिमका व्यक्तिहरु उपर देहाय बमोजिमको सजायको मागदावी लिइ मिति २०७५।७।३० गते विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।रामेश्वर दंगाल
सह-सचिव एवं प्रवक्ता
आर्थिक वर्ष २०६७ र ०६८ मा गरेका कार्यहरुको लागत इस्टिमेट, बिल भरपाइ, प्राविधिक मुल्याङ्कन तथा कार्य सम्पन्न प्रतिवेदनअनुसार कार्य नगरी भ्रष्टाचार गरेको आरोपपत्रमा जनाइएको छ
।
उपभोक्ता समितिका अध्यक्ष ओमप्रकाश यादव समेतले रामजानकी मन्दिर, ब्रह्मस्थान, ब्रह्माको मन्दिरको ‘कम्माउन्ड वाल’ निर्माणमा भ्रष्टाचार गरेको अख्तियारको अरोपपत्रमा उल्लेख देखिएको छ ।
आरोपपत्रमा सरकारी रकम हिनामिना गरेकाले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद सजाय हुनुपर्ने माग गरिएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…