सिरहामा बसको ठक्करबाट महिला ठहरै !
मृतक महतोकी दुई छोरा एक छोरी रहेका छन् ।

२०७५ मंसिर २ आइतबार, राति ९:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा बसले ठक्कर दिँदा एक महिलाको घटना स्थलमै ज्यान गएको छ ।
सिरहाको लहान नगरपालिका वडा नं. ३ हस्पिटल चोकमा आज अपरान्ह ना. ४ ख. ४७१३ नम्बरको बसले ठक्कर दिँदा एक एकल महिलाको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
मृत्यू हुनेमा लहान नगरपालिका वडा नं. ८ बस्ने विशेश्वर महतोकी कान्छी श्रीमती अन्दाजी बर्ष ४० की कुमारी महतो रहेकी छन् । घरबाट बजार तर्फ गईहरेको अवस्थामा बसले ठक्कर दिएपछि घटनास्थमै ज्यान गएको प्रहरीले जनाएको छ ।
मृतक महतोकी दुई छोरा एक छोरी रहेका छन् । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडी बढाइएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…