माधव नेपालको प्राण बचाउने धनुषाका ठाकुरलाई अन्तिम विदाई
मानैर हत्या प्रकरणमा एक उच्च पदस्थ जनप्रतिनीधिको समेत दबाब रहेको : स्रोत

२०७५ कार्तिक ३० शुक्रबार, बेलुकी ७:२१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्व प्रधानमन्त्री एवम् नेकपाका नेता माधव नेपाललाई बचाउने धनुषाका मानैर ठाकुरलाई आज अन्तिम विदाई गरिएको छ ।
धनुषाको विदेह नगरपालिका वडा नं. ५ मुडिबा बस्ने बर्ष ६५ का मानैर ठाकुरलाई गत बुधबार राती छुरा प्रहार गरी हत्या गरिएको थियो । ३ दिन पश्चात शुक्रबार पोष्टमार्टमपछि साँझ अन्तिम सँस्कार गरिएको छ । वि.सं. २०३५ सालतिरै नेकपाका नेता एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल धनुषाको मुडिबामा भूमिगत सरह बसिरहेका बेला उनलाई प्राणदान भने मानैर ठाकुर बडहीले नै दिएका हुन् ।
डा. कुलदिप पण्डित, केडी दास, डा. राम विनय चौधरी र रामदेव चौधरीको टिमले ठाकुरलाई शुक्रबार अपरान्ह पोष्टमार्टम गरेका हुन् । जनकपुर अञ्चल अस्पतालका मेसु डा. राम परिक्षण यादवले चार जना चिकित्सकहरुको टिमको बोर्ड गठन गरेर ठाकुरको पोष्टमार्टम गरेका हुन ।
प्रहरीको खोजीमा त्यति बेला रहेका माधव कुमार नेपाललाई मुडिबामा मानैरले आफ्नो बलबूतामा प्राण बचाएका थिए । स्थानीयहरुका अनुसार, मानैर नेता नेपालको अति प्रिय व्यक्तिमध्येका एक थिए ।
गत बुधबार साँझै दाउरा ल्याउन सामुदायिक विद्यालय नजिकै रहेको घरतर्फ निस्केको बेला बाटैबाट अपहरण गरी हत्या गरेर फालेको अवस्थामा विहिबार विहानै फेला परेको थियो ।
गत आईतबार हत्या प्रकरणका मुद्दा लागेका स्थानीय बहादुर मण्डलले आफ्नो मुद्दामा अदालतमा गवाही नदिन दबाब तथा धम्की दिएका थिए । धम्की दिएको कुरा मानैरले आफ्नी श्रीमतिलाई मँगलबार सुनाएको र बुधबार राती अपहरण गरी हत्या गरिएको हो ।
गत वि.सं. २०७४ साल असोज १० गतेका दिन स्थानीय बहादुर मण्डलले आफ्नै भाईकी श्रीमति (बुहारी) लाई काठको मुढाले हानेर मारेका थिए भने उसमाथि हत्याको मुद्दा चल्दा फरार रहेको र एक महिना अघि मात्र जिल्ला अदालत धनुषाबाट हाजिर भएर गाउँ आएका थिए ।
बहादुर मण्डल उपर कैयौँ त्यस्ता मुद्दा दायर रहेको स्रोतको दाबी छ । मानैर हत्या प्रकरणमा एक उच्च पदस्थ जनप्रतिनीधिको समेत दबाब रहेको स्रोतले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…