सरकारी स्कूलका शिक्षकहरु धर्नामा
न्यूज ब्यूरो, जनकपुरधाम । विभिन्न माग राखी सरकारी विद्यालयका शिक्षक शिक्षिकाहरुले धर्नामा बसेका छन् । शुक्रबार विहान १० बजेदेखि दिउँसो २ बजेसम्म शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमा धर्नामा बसेका हुन् । शिक्षक महासंघ गुणस्तरीय शिक्षाकालागि राजनीतिक दलहरु घोषणापत्र अनुसार कुल बजेटको २० प्रतिशत र क

२०७५ कार्तिक ३० शुक्रबार, दिउँसो १:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विभिन्न माग राखी सरकारी विद्यालयका शिक्षक शिक्षिकाहरुले धर्नामा बसेका छन् ।
शुक्रबार विहान १० बजेदेखि दिउँसो २ बजेसम्म शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमा धर्नामा बसेका हुन् । शिक्षक महासंघ गुणस्तरीय शिक्षाकालागि राजनीतिक दलहरु घोषणापत्र अनुसार कुल बजेटको २० प्रतिशत र कुल गार्हस्थ उत्पादनको ४ प्रतिशत बजेट शिक्षा क्षेत्रमा विनियोजन गर्नुपर्ने माग राख्दै धर्नामा बसेका हुन् ।
उनीहरुले आधाभूतदेखि मावि तहसम्म निःशुल्क शिक्षाको व्यवस्था व्यवहारमा लागु गर्नुपर्ने, शिक्षक सेवा आयोगको संवैधानिक स्तरको बनाउन, राष्ट्रिय शिक्षा आयोगको गठन, विद्यालय तहको शिक्षाको संघ, प्रदेश र स्थानीय तहका साझा अधिकार क्षेत्रभित्र राख्ने, शिक्षका काउन्सिल गठन गर्नुपर्ने लगायतका माग गर्दै आएको छ ।
शिक्षक संस्थासहरुको संयुक्त समिति धनुषा शिक्षक महासंघको मागलाई समर्थन गर्दै शुक्रवार विहान १० बजेदेखि २ बजेसम्म धर्नामा बसेका छन् । शिक्षकहरु धर्नामा बसेपछि विद्यालयको पठनपाठन समेत प्रभावित भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…