धनुषामा वृद्धको छुरा प्रहार गरी हत्या !
मानैर भोली (शुक्रबार) धनुषा जिल्ला अदालतमा (गवाही दिन जाने तयारीमा रहेका थिए ।

२०७५ कार्तिक २९ बिहीबार, बिहान ११:४३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा गएराती (बुधबार) एक वृद्धको छुरा प्रहार गरी हत्या गरिएको छ ।
धनुषाको विदेह नगरपालिका वडा नं. ५ मुडिबा बस्ने ६७ बर्षिय मानैर ठाकुर बडहीको शव घर नजिकै रहेको समुदायिक विद्यालय पछाडीको खाल्डोमा फेला परेको हो । स्थानीयहरुले हिडडुल गर्न विहान मर्निंग वाकमा निस्केको बेला बडहीको शव खाल्डामो विक्षीप्त अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेको थियो ।
मानैरको आँखामा छुरा प्रहार गरेको छ । आँखा सहित कान र कनचटमा समेत छुरा प्रहार गरिएको शवको प्रकृतिमा देखिएको छ । यसका साथै उनको हातमा समेत धारिलो हतियारले प्रहार गरेको देखिएको छ ।
यता, हत्या गाउँकै एक व्यक्तिले गरेको हुन सक्ने मृतक मानैरकी पत्नीले बताईन् । केही महिना अघि मात्र स्थानीय लक्ष्मी मण्डलकी श्रीमति हत्या काण्डमा फरार भई हाल धनुषा जिल्ला अदालतबाट हाजिर भई आएका बहादुर मण्डलले गरेको आरोप लगाएकी छन् ।
लक्ष्मी मण्डलकी श्रीमति हत्या काण्डमै मृतक मानैर भोली (शुक्रबार) धनुषा जिल्ला अदालतमा बकपत्र (गवाही) दिन जाने तयारीमा रहेका थिए । गत आईतबार मात्र बहादुर मण्डल र मानैरबीच गवाहीलाई लिएर भनाभन भएको थियो ।
बहादुर मण्डलले अदालतमा गवाही नदिनको लागि बारम्बार धम्की दिइरहेका थिए भने मानैरले उनलाई लापरवाही गर्दै आएका थिए । बहादुरले मानैरलाई यदि अदालतमा गवाही दिए मारिदिने धम्की दिएको मृतक मानैरकी पत्नीले बताईन् ।
बुधबार साँझदेखि हराएका मानैर विहान घरारी नजिकै रहेको समुदायिक विद्यालयको खाल्डोमा मृत फेला परेको थियो । मानैरको दुई ठाउँमा घर रहेको छ । एउटा गाउँमा र अर्को गाउँको छेउमा । मानैर अबेर साँझ विद्यालय नजिक रहेको मैदानबाट दाउरा ल्याउन गएका थिए । अबेरसम्म नआएपछि उनलाई खोज्न घरबाट उनका छोरा र बुहारीहरु बाहिर निस्किए र रातभरि नै खोजे तर भेटाएनन् । विहिबार विहानै खाल्डोमा मृत अवस्थामा कपडामा बेरिर फालिएको तथा माथिबाट घाँसले छोपेको अवस्थामा फेला परेपछि हत्या भएको खुलेको हो ।
यता, घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय खजुरीका ईन्चार्ज शेषराज थन्दारले हत्या कसले र किन गरेको बारे अनुसन्धान भईरहेको तथा शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल पठाउने तयारी भईरहेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…