मन्त्रीकै अस्पतालमा शिशुको मृत्यू, झडप हुँदा एकको आँखा फुट्यो !
अस्पताल नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवको रहेको छ ।

२०७५ कार्तिक २१ बुधबार, दिउँसो १:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको जानकी हेल्थ केयर सेन्टरमा जन्मजात बच्चाको मृत्यू भएको छ ।
मृत्यू हुनेमा महोत्तरीको बर्दिवास नगरपालिका वडा नं. १४ बस्ने शृजना देवीको प्रसव पीडा सुरु भएर जानकी हेल्थ केयर आएकी थिइन । डाक्टर नभएको बेलामा नर्सहरुले डेलेभरी गराउन खोज्दा बच्चा को मृत्यु भएको जनाइएको छ ।
बच्चाको मृत्यू भएपछि आक्रोशित पीडित पक्षले मृत्यूबारे विस्तृत बुझन खोज्दा अस्पतालका एक्सरे टेक्निसियन आर्दश यादवले हातपात गरेर अस्पतालबाट बाहिर निकाल्न खोजेपछी विवाद उग्र भएको थियो ।
उक्त विवादमा अस्पतालका बाउन्सरहरुले कुटपिट गरेको पीडितका देवर अनुराग कुमार महतोले बताएका छन । झडपमा परेर पीडित शृजनाकी काका करिव ४० वर्षीय किशोरी महतोको आँखा फुटेको छ ।
अस्पताल नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवको रहेको छ । घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।
उनको जनकपुरमा उपचार सम्भव नभएपछि काठमाडौ तिलगंगा अँखा अस्पतालमा जानकी हेल्थ केयरले नै रेफर गरेको पीडित वुवा उमेश महतोले बताए । झड्पको क्रममा प्रहरीले पीडितका भाइ मोहन महतो र सरोज महतोलाइ पक्राउ गरेको छ भने अस्पतालका एक्सरे टेक्निसियन आर्द्श यादवलाइ पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।
यता, अस्पतालका प्रशासन प्रमुख राजेश यादवले आफू खाना खान घर गएको बेला घट्ना भएको बताएका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…