विवाहपँचमीमा जन्तीलाई 'धोती गम्छा' ले विदाई गर्छौ : मुख्यमन्त्री राउत
मुख्यमन्त्री राउतको यस्तो धारणापछि प्रदेशको नाम मधेस वा मध्य मधेस राख्ने तर्फ संकेत

२०७५ कार्तिक १८ आइतबार, बेलुकी ६:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतले रामसीता विवाह महोत्सव (विवाहपँचमी) मा अयोध्याबाट आउने जन्तीहरुलाई मधेसको पोशाकमा विदाई गर्ने बताएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयद्वारा दिपावली तथा छ्ठ पर्वको अवसरमा आईतबार आयोजना गरिएको गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राउतले मधेसीको पहिचान धोती कुर्ता र गम्छा लगाएर विदाई गर्ने बताएका छन् ।
कूल ८ मिनेटको मन्तव्यमा नेपाली, हिन्दी, मैथिली र भोजपुरी गरि ४ भाषामा आफ्ना शुभकामना मनतव्य राख्दै मुख्यमन्त्री राउतले माता सीताको जन्मभूमि जनकपुरधाममा पौराणिक कालदेखि चलिआएको विवाहपँचमी महोत्सवमा मधेसको सँस्कृति झल्कने गरी जन्तीलाई विदाई गर्ने बताए ।
प्रदेश नं. २ को नामाकरणको लागि औपचारिक धारणा, अवधारणा समाजिक सँजालमा पोखिरहेको बेला मुख्यमन्त्री राउतको यस्तो धारणापछि प्रदेशको नाम मधेस वा मध्य मधेस राख्ने तर्फ संकेत गरिएको छ ।
कार्यक्रममा बेटी पढाउ, बेटी बचाउ अभियानलाई प्रकाश पारिएको थियो । समग्र मधेस एक शिक्षित प्रदेश बनाउको लागि प्रदेश सरकारले चालेको सराहनीय कदममा सबैले हातोमालो गर्न आग्रह समेत गरे ।
सो चियापान कार्यक्रममा प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थ, प्रदेश २ का अन्य मन्त्रीगण, प्रदेश सभा साँसद , प्रतिनिधि सभा संसद ,राष्ट्रिय सभा सदस्यहरुको सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…