संविधान दिवसमा पक्राउ ४ स्वराजी रिहा
नेपालको संविधान मधेसीहरुको रगतबाट लतपत भएको ठहर ।

२०७५ कार्तिक १८ आइतबार, बेलुकी ६:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । स्वतन्त्र मधेस गठबन्धनका चार नेताहरु रिहा भएका छन् । गत असोज ३ गते कालो संविधान भनि विरोध प्रदर्शन गर्दा स्वतन्त्र मधेश गठबन्धनका सुनसरी जिल्लाबाट पक्राउ भएका ४ जना नेताहरु रिहा भएका हुन् ।
आइतबार प्रति व्यक्ति १५ हजारको धरौटीमा जिल्ला अदालत सुनसरीबाट उनीहरु रिहा भएका छन् । नेपालको संविधान मधेसीहरुको रगतबाट लतपत भएको ठहरसहित यो संविधान मधेश र मधेशीको हकहितमा नहुने भएको भन्दै गठबन्धनको आह्वानमा मधेशभरी कालो दिवस मनाइएको थियो ।
उक्त दिन सयौंको संख्यामा गठबन्धनका नेता कार्यकर्ताहरु पक्राउ परेको थिए । त्यही कार्यक्रमबाट सुनसरी जिल्लाको इनरुवाबाट ई. श्यामसुन्दर मण्डल, जय प्रकाश मधेशी, सिताराम पण्डित र भवानी मेहता गिरफ्तार भएका थिए ।
गिरफ्तार भएकाहरुलाई सार्वजनिक शान्ति सुब्यवस्था खलल पुर्याएको आरोपमा सुनसरी जिल्ला अधिकारीले पुर्पक्षका लागि झुमका कारागार चलान गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…