वडाध्यक्षले दादागिरी गरेको आरोप
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका एक वडाध्यक्षले आफूखुसी विकासको नाममा मनमौजी गरेको आरोप लगाइएको छ । विदेह नगरपालिका वडा नं. ४ का वडाध्यक्ष विनोद गोहितमानले विकास निर्माणको बहानामा पक्षविपक्ष छुटयाउँदै स्थानीय जनतालाई दुःख दिने गरेको आरोप लगाइएको छ । वडा नं. ४ महरान टोल स्थित १८ फि

२०७५ कार्तिक १८ आइतबार, दिउँसो ४:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका एक वडाध्यक्षले आफूखुसी विकासको नाममा मनमौजी गरेको आरोप लगाइएको छ ।
विदेह नगरपालिका वडा नं. ४ का वडाध्यक्ष विनोद गोहितमानले विकास निर्माणको बहानामा पक्षविपक्ष छुटयाउँदै स्थानीय जनतालाई दुःख दिने गरेको आरोप लगाइएको छ । वडा नं. ४ महरान टोल स्थित १८ फिटको सडकमै विजुलीको पोल गाडेको भन्दै आफूहरुसित बलजबरदस्ती गरेको स्थानीय मनोज कुमार महरानले बताए ।
महरानका अनुसार, विजुलीको पोल साबिक रोडदेखि ३ फिट भित्र पश्चिम रहेको थियो, १८ फिटको मुख भएको त्यो सडकमा पश्चिमबाट ३ फिट सडकभित्र सारेर सडक न्यारो बनाएको छ ।
सडक बाटो निर्माण तथा भौतिक निर्माणको लागि स्थानीय जनताको सहमति लिनुपर्ने भएपनि वडाध्यक्ष गोहितानले आफूखुसी निर्णय गरेर दुःख दिएको दुःखेसो पोखे । यसअघि घरबाट सडकमा निस्कने बाटोमै माटो हालेर सडक जाम गरिदिएको बताउँदै राजनीतिक पार्टीगत हिसाबले व्यवहार गर्ने गरेको आरोप लगाए ।
वडाध्यक्ष गोहितमानले आफ्नो पार्टीका तथा आफ्नो आफन्तलाई मात्र सुविधा हुने गरी विकास निर्माण कार्यको नाममा जनताहरुलाई दुःख दिने गरेको र त्यो पोललाई साबिकै स्थानमा सार्नुपर्ने माग गरे । पोललाई सडकमा ल्याएर साँघुरो बनाएको छ भने आम सर्वसाधारणलाई आवतजावत सहित टायर गाडा, टयाक्टर लैजान समेत कठिनाई हुने गरेको बताए ।
यता, वडाध्यक्ष विनोद गोहितमानले आरोपहरुलाई निराधार बताए । उनले भने, पोल साबिककै स्थानमा रहेको छ , बिजुलीको तारका कारण एक गरिबलाई कठिनाई भएको बेला तारलाई मात्र मर्मत सम्भार गरेको हो ।
आफू पार्टीगत वा आफन्तको हिसाबले विकास निर्माणको कार्य नगरेको भन्दै पोल साबिककै स्थानमा रहेको तथा उनीहरुको बीचको झगडालाई आफूसित जोडेको बताए । उनले आरोपलाई खण्डन गर्दै उनीहरुलाई दुःख दिने कार्य कदापी नभएको दाबी गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…