न्यायको लागि क्रान्तीकारी कदम चाल्छौं : कानुनमन्त्री यादव
जेलमै कैदीहरुलाई सीपमूलक तालिमको व्यवस्था गरी श्रम मार्फत उचीत पारिश्रमिक

२०७५ कार्तिक १४ बुधबार, बेलुकी ६:३७ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जनताको न्यायको लागि क्रान्तीकारी कदम नचालेसम्म उपलब्धी नहुने बताएका छन् ।
जानकी महिला जागरण समाज धनुषाले बुधबार (आज) आयोजना गरेको विपन्न र सीमान्तकृत समुदायको न्याय र सुरक्षामा पहुँच अभिवृद्धि विषयक सुरक्षा र न्याय क्षेत्रका सरोकारबालाहरुको जिल्ला स्तरीय सम्मेलन कार्यक्रममा मन्त्री यादवले क्रान्तीकारी कदम विना उचीत न्याय सम्भव नभएको बताए ।
सुरक्षा न्याय विना विकास असम्भव भएको बताउँदै उनले भने, "जबसम्म क्रान्तीकारी कदम चाल्दैन तबसम्म जनताले न्यायको अनुभूति गर्न सक्दैन । प्रदेशको कानुनमन्त्री भएर पनि अहिले वर्तमान जे देखिरहेको छु त्यो देखेर दुःख लागेको छ । कारागारमा डेढ सय रुपैयाँको लागि अढाई महिनासम्मको जेल काटेको मान्छेलाई विच्चलीमा देख्दा महसुस हुन थाल्यो की विना क्रान्तीकारी कदमले न्याय सम्भव छैन् ।"
माता सीताको नगरी जनकपुरधाम जस्तो धर्तीमा महिलाले न्याय पाउन सक्दैनन भने सँसारको कुनै पनि ठाउँमा महिला सुरक्षित छैन भनेर बुझनुपर्ने जिकीर गरे । प्रदेश सरकारसँग बजेट कम भएको भन्दै आगामी दिनमा जेलमै कैदीहरुलाई सीपमूलक तालिमको व्यवस्था गरी श्रम मार्फत उचीत पारिश्रमिक पाउने खालको व्यवस्था ल्याउने तरखरमा रहेको बताए ।
जानकी महिला जागरण समाजकी अध्यक्ष तुल्सा आचार्यको अध्यक्षता एवम् कानुनमन्त्री यादवकै प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उनले हरेक ठाउँमा प्रहरी दोषी नरहेको औल्याउँदै मन्त्री यादवले प्रहरी अहिलेको अवस्थामा दबाब र प्रभावमा काम गरिरहेको भन्दै केही दिनमै प्रदेश नं. २ मा दबाब र अभावलाई चिर्ने दाबी गरे । प्रहरीले दबाब, प्रभाव र अभावमा काम गर्न नहुने बताउँदै उत्कृष्ट गर्नेलाई पुरस्कार र आफ्नो जिम्मेवारी वहन ईमान्दारीका साथ नगर्नेलाई दण्डको पनि व्यवस्था सरकारले गर्ने बताए ।
सर्च फोर कमन ग्राउण्डको सहयोग तथा जानकी महिला जागरण समाजको आयोजनामा सम्पन्न परियोजना कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव यादवले महिला हिँसामा मोबाईल फोन समेत विकृति ल्याएको बताए । मोबाईल फोनले गर्दा समाजमा विकृति फैलिएको भन्दै प्रविधिसँगै आएको विकृति र महिलाहिँसाप्रति सजग हुनु आवश्यता औल्याए ।
जानकी महिला जागरण समाजले सँचालन गरेको पहुँच परियोजना दलित, विपन्न, सीमान्तकृत, अल्पसँख्यक, उत्पीडनमा परेका समुदायको लागि संजीवनी साबित हुँदै गएको परियोजनाकी कार्यक्रम सँयोजक पूजा शर्माले बताइन् ।
स
संयोजक शर्माकी अनुसार, जानकी महिला जागरण समाजले पहुँच परियोजना कार्यक्रमबाट विभिन्न जिल्लाको सीमान्तकृत वर्ग, महिला, महिल अधिकारको क्षेत्रमा राज्यको मूलधारसम्म पहुँच बनाउने माध्यमको रुपमा स्थापित भएको बताइन् ।
प्रदेश नं. २ की साँसद सरस्वति चौधरीले महिला र पुरुषको बराबरीको अधिकारकाले लागि पहल गर्ने बताईन् । कार्यक्रममा पत्रकार नित्यानन्द मण्डलले उदघोषन गरेका थिए भने धनुषाको १८ वटै स्थानीय तहको प्रमुख वा उपप्रमुख सहित जनप्रतिनीधि, पत्रकार, बुद्धिजीवी, युवा, गैर सरकारी सँस्था, महिला अधिकारकर्मीहरुको सहभागीता रहेको थियो ।
त्यस्तै, महोत्तरीको रतौलीमा भएको कार्यक्रममा मन्त्री यादवले दलित र महिलाहरुलाई अगाडी वढाउन दलित र महिला शसक्तिकरण विधेयक समेत मन्त्री यादवले ल्याइएको वताए । न्यायमा पक्षपात गरिनु हुदैन र उच्च वर्गवाटै सदैव गरिव र निमुख्खा सोसित र पिडित हुने गरेकोले प्रदेश सरकारको मुख्य लक्ष्य नै सवै समुदायको न्याय र सुरक्षामा पहुच पुर्याउनु हो,मन्त्री यादवले वताए ।
प्रदेश सभा सदस्य रानी शर्मा तिवारीले छोरीलाइ हेर्ने दृष्टीमा परिवर्तन गर्न आवश्यक रहेको वताईन । उनले सदैव छोरीलाई नै हरेक विषयमा सम्झौता गर्नु पर्ने र छोरी पछाडी पर्ने गरेकोले छोरा र छोरीलाई समान अवसर र अधिकार प्रदान गर्न अभिभावक गम्भिर हुनुपर्ने वताईन । उनले स्थानिय निकायको लागि सुरक्षा र न्यायको क्षेत्रमा काम गर्न सुनौलो अवसर रहेकोले वर्षौ देखि शोसित र पिडित जनतालाई न्यायमा पहुच पुर्याउन स्थानिय निकाय अझै सकृय भई लाग्नु पर्ने वताईन ।
रतौली युवा क्लवका कार्यकारी निर्देशक वैद्यनाथ चौधरीको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनमा सर्च फर कमन ग्राउणका जिल्ला संयोजक विजय झाले पहुच परियोजनाले गरेको कार्यहरु वारे जानकारी गराएका थिए । त्यसतै परियोजना सफल गराउन सहयोग गरेको निकायहरु नेपाल पत्रकार महासंघ,जिल्ला प्रहरी कार्यालय,जिल्ला प्रसासन कार्यालय,मानव अधिकार तथा शान्ति स्थापना केन्द्र,रेडियो रुद्राक्ष,युवा संजाल,,एकडारा गाउपालिका,लोहारपटटी र औरही नगरपालिका लगायतलाई कदर प्रत्र प्रदान गरिएको थियो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…