सर्लाहीमा नेकपा र काँग्रेसबीच भिडन्त हुँदा एकको मृत्यू ४ गम्भिर !
अवस्था तनावग्रस्त भएपछि त्यस स्थानमा प्रहरी पठाईएको छ ।

२०७५ कार्तिक १३ मंगलबार, दिउँसो १२:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा दुईपक्षीय झडपमा गोली चल्दा एकजनाको ज्यान गएको छ । सर्लाहीको रामनगर गाउँपालिका–४ मा मंगलबार बिहान नेकपाका कार्यकर्ता र नेपाली काँग्रेसका कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा एकको ज्यान गएको हो ।
करिब बिहान ७ वजे नेकपाका कार्यकर्ताले चलाएको गोली लागेर स्थानीय ६५ वर्षीय बिलास महतोको ज्यान गएको प्रहरीले जनाएको छ । झडपमा गोली लागेर अन्य चार जना घाइते भएका बताइएको छ ।
घाइते लिन गएको एम्बुलेन्समा समेत उनीहरुले तोडफोड गरेका जनाइएको छ । सोमबार बिहान सोही नगरपालिका वाडा नम्वर ४ बाट निर्वाचीत वडा अध्यक्ष राम नरेश महतोलाई नेकपाका कार्यकर्ताले कुटपीट गरेपछि विवाद चुलिएको थियो ।
नेकपाका कार्यकर्ताहरुले वडा अध्यक्ष महतोको घरमा समेत तोडफोड गरेका छन् । अवस्था तनावग्रस्त भएपछि त्यस स्थानमा केही बेर अघि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट थप प्रहरी पठाइएको जिप्रका सर्लाहीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…