विवाहपंचमीको लागि प्रदेश सरकारले ५० लाख दिने
श्रद्धालुहरुको लागि शौचालय, खाने, बस्ने सहितको सुविधालाई प्राथमिकता दिइने बुझिएको छ !

२०७५ कार्तिक ९ शुक्रबार, बेलुकी ७:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । रामजानकी विवाहपंचमी महोत्सव भव्यताका साथ मनाउन प्रदेश सरकारले ५० लाख दिने निर्णय गरेको छ ।
शुक्रबार सम्पन्न मन्त्री परिषदको बैठकले मिथिलाकै महान उत्सव तथा प्रदेशको अस्थायी राजधानी जनकपुरधामको पहिचानको उत्सवलाई मध्यनजर गर्दै विवाहपँचमी व्यवस्थापनको लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
आउँदो मँसिर २६ गते धुमधामका साथ मनाइने विवाहपँचमी मेला भर्नको लागि भारतको अयोध्याबाट मोटो सँख्यामा श्रद्धालु भक्तजन आउने गर्दछ । पौराणिक कालमा मर्यादा पुरुषोत्तम श्रीराम र जगत जननी माता जानकीको विवाह भएको दिनलाई उत्सवको रुपमा स्मरण गर्दै प्रत्येक वर्ष विवाहपँचमी मनाउँदै आएको हो ।
बाजागाज सहित भारतको विभिन्न स्थान सहित नेपालको विभिन्न ठाउँबाट लाखौँको सँख्यामा भक्तजनहरु आउने गरेको छ । जानकी मन्दिरको आम्दानी यत्रो भएपनि बाहिर बाट आएका अतिथि भक्तजनहरुलाई भने कुनै प्रकारको सुविधा भने दिन पाएको छैनन् । जाडोको मौसममा शितलहर भएपनि श्रद्धालुहरु खुल्ला आकाशमुनी बस्न बाध्य भएको देखिएको छ ।
यसपाली प्रदेश सरकारले ५० लाख रुपैयाँ सहयोग गरेपछि अन्य वर्ष भन्दा फरक तथा श्रद्धालुहरुको लागि शौचालय, खाने, बस्ने सहितको सुविधालाई प्राथमिकता दिइने बुझिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…