नेता अरगरियाद्धारा औरहीमा एम्बुलेन्स उद्घाटन
भाषा विधेकमा मातृभाषालाई राष्ट्रिय भाषा सरहको मान्यता दिने

२०७५ कार्तिक १ बिहीबार, बिहान ८:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधिसभा सदस्य उमा शंकर अरगरियाले एम्बुलेन्सको उद्घाटन गरेका छन् ।
बुधबार निर्वाचन क्षेत्र नं. २ कै औरही गाउँपालिका वडा नं. २ मा बुधबारदेखि विधिवत रुपमा एम्बुलेन्स सँचालन गरिएको हो । गैर सरकारी सँस्था समाजिक विकास केन्द्रका अध्यक्ष लाल बाबू यादवको अध्यक्षता तथा संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक समेत रहेका नेता अरगरियाको प्रमुख आतिथ्यमा भएको एक समारोहबीच उक्त एम्बुलेन्सको उदघाटन गरिएको हो ।

उद्घाटन समारोहमा बोल्दै नेता अरगरियाले उक्त क्षेत्रका जनताहरुको स्वास्थ्यमा कुनै किसिमको सम्झौता नगरिने बताए । परेको वेलामा सहज उपचारको लागि समेत सामुदायिक एम्बुलेन्स निकट भविष्यमै संचालन गर्ने प्रतिबद्धता जनाए ।
उक्त एम्बुलेन्स नेपाल सरकारको राजश्व छुटमा सँचालन भएको हो ।
हालै भएको बालिका बलात्कार घटनाको सन्दर्भमा बोल्दै प्रमुख सचेतक अरगरियाले अपराधीलाई कडा भन्दा कडा सजाय दिलाउने प्रतिबद्धता समेत जाहेर गरे । संघीय सदनमा अहिलेसम्म १६ ओटा विधेयक पारित भएको र त्यस मध्ये भाषा विधेकमा मातृभाषालाई राष्ट्रिय भाषा सरहको मान्यता दिने विधेक संघीय सदनबाट पास भएको बिषयमा जनसमक्ष जानकारी धारणा व्यक्त गरे ।
उद्घाटन कार्यक्रममा २ नम्बर प्रदेशका महान्यायाधीवक्ता दिपेन्द्र कुमार झा , प्रदेश सभा सदस्य राम अशिष यादव लगायतका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…