सिरहामा एक युवकको शव फेला
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

२०७५ असोज २९ सोमबार, दिउँसो ३:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा एकजना युवकको शव फेला परेको छ । सिरहाको धनगढीमाई नगरपालिका ७ कसहा नजिक सोमबार विहान एक युवकको शव भेटिएको हो ।
सोमबार बेलुकी आफ्नै गाउँका सुजित यादव र भिनाजुसँग पार्टी खान गएका धनगढीमाई ९ महुवाडाँडाका करिव १९ वर्षीय विलाश यादव आज विहान मृत भेटिएको जिप्रका सिरहाले जनाएको छ ।
गाउँभन्दा करिव ५ किलोमिटर पश्चिममा पूर्वपश्चिम राजमार्ग अन्तर्गत कसहादेखि करिव ३ सय मिटर उत्तर सपेताको जंगलमा शव फालिएको अवस्थामा फेला परेको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…