मनिकाकी बलात्कारीलाई सर्वस्वसहित जन्म कैदको माग
स्थानीय युवाहरुले दुवैलाई जनताको जिम्मा लगाए मात्र न्याय हुने बताएका छन् ।

२०७५ असोज २९ सोमबार, दिउँसो २:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गत शुक्रवार धनुषाको परबाहामा भएको बालिका बलात्कारको आरोपीलाई सर्वस्व सहित जन्मकैदको माग गरिएको छ ।
महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले धनुषाको औरही गाउँपालिका वडा नं्र. २ परवाहा गत शुक्रबार राती करिब ९ बजे मा १० वर्षीया बालिका मनिका यादवको बलात्कारपछि हत्या भएको आरोपमा पक्राउ परेका दुई आरोपिलाई सर्वस्वसहितको जन्मकैदको मुद्दा दायर गर्न निर्देशन दिएका हुन् ।
महान्यायाधिवक्ता खरेलले नयाँ संविधान जारी भएको ऐन कानून अनुसार अभियुक्तलाई कडा कारवाही गर्नका लागि सर्वस्वसहितको जन्मकैदको मुद्दा दायर गर्नका लागि प्रहरी उपरीक्षक गोविन्द थपलियालाई निर्देशन दिएको हो ।
बलात्कार पश्चात् हत्या भएका १० वर्षीया बालिका मनिकाकी पीडित परिवारलाई भेटघाट गर्दै महान्यायधिवक्ता खरेलले पक्राउ परेका विनोद मुखिया र नथुनी पण्डितलाई सर्वस्वसहित जन्मकैदको सजाय माग गर्न निर्देशन दिएको हो ।
भेटघाटको क्रममा पीडित परिवारलाई आर्थिक सहयोग गर्दै पक्राउ परेका अभियुक्तलाई कडा कारवाही हुने बताए । धनुषा प्रहरीले मनिका हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका औरही–५ का ३२ वर्षीय विनोद मुखिया बीन र सोही गाउँपालिका–३ बस्ने ३० वर्षीय नथुनी पण्डितलाई आइतबार सार्वजनिक समेत गरेको छ ।
पक्राउ परेका दुवैले पत्रकार सम्मेलनमा आफूहरुले मनिकाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । यता, स्थानीय युवाहरुले दुवैलाई जनताको जिम्मा लगाए मात्र न्याय हुने बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…