हिमालय सुगर मिल्समा लडेर १ कामदारको मृत्यु, क्षतिपूर्तिको माग
परिवारजनले उचित क्षतिपूर्ति र एकजनालाई मिलभित्र रोजगारीको व्यवस्था मिलाईदिन माग गरेका छन् ।

२०७५ असोज २९ सोमबार, बिहान ११:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा–चोहर्वा सडकखण्ड अन्तर्गत् नरहा गाउँपालिकामा अवस्थित हिमालय सुगर मिल्समा कार्यरत एक कामदारको लडेर ज्यान गएको छ । मिलभित्रै वेल्डिङ गरिरहेको अवस्थामा दुईतल्ला माथिबाट लडेर आईतबार विहान एक कामदारको ज्यान गएको हो ।
मृत्यु हुनेमा सिरहाको कल्याणपुर नगरपालिका १० निवासी २३ वर्षीय महेश महरा रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । विहान करिब १० बजेको समयमा काम गरिरहँदा लडेपछि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिए ।
उनका दुई नाबालक छन् । मृतक परिवारको आर्थिक अवस्था निकै दयनीय छ । परिवारजनले उचित क्षतिपूर्ति र एकजनालाई मिलभित्र रोजगारीको व्यवस्था मिलाईदिन माग गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…