डा. सिके राउत पुनः १ गते अदालतमा उपस्थित हुने
साँझसम्म पक्राउ गरिएका स्वराजीहरुलाई रिहा नगरिए साँझदेखि नै आन्दोलन चर्काउने

२०७५ असोज २८ आइतबार, बेलुकी ५:२३ बजे१ मिनेट पढाइ

काशिन्द्र कुमार शर्मा , विरगँज । रौतहट प्रहरीको नियन्त्रणमा रहेका डा. सिके राउतलाई कार्तिक १ गते उच्च अदालत विरगँजमा उपस्थित हुनको लागि आदेश दिइएको छ ।
आईतबार उच्च अदालत विरगँजमा भएको पेशी उपर चलेको बहसलाई मध्यनजर गर्दै उच्च अदालत विरगँजले रौतहट जिल्ला अदालतबाट सम्पूर्ण मिसिल झिकाएर मात्र कार्तिक १ गते पुनः उपस्थित हुनको लागि आदेश गरिएको हो ।
आइतबार असोज २८ गते दिनभरि चलेको बहसको सुनुवाई गर्दै जिल्ला अदालत रौतहटबाट सम्पूर्ण मिसिल झिकापछि मात्र पुनः अर्को बहस हुने आदेश गरिएको हो ।
डा. सिके राउत उच्च अदालत विरगँजमा उपस्थित हुने भएपछि उनका हजारौँ समर्थक सडक तताएका थिए भने अहिले पनि ३१ जना कार्यकर्ता पर्सा प्रहरीको गिरफ्तमा रहेको गठबन्धनका प्रवक्ता अब्दुल खानले जानकारी दिए ।
खानका अनुसार, आईतबार साँझसम्म पक्राउ गरिएका स्वराजीहरुलाई रिहा नगरिए साँझदेखि नै आन्दोलन चर्काउने तथा धर्नामा बस्ने चेतावनी समेत दिए ।
यस सम्बन्धी अन्य समाचार
डा. सिके राउत आईतबार उच्च अदालत विरगँजमा उपस्थित हुने
डा. सिके राउतका समर्थक ९ बर्षिय बालिका सहित २६ पक्राउ
डा. सिके राउत अदालतमा, दर्जनौँ समर्थक पक्राउ !
मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएका सिके राउतका तीन कार्यकर्ता पक्राउ
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…