डा. सिके राउतका समर्थक ९ बर्षिय बालिका सहित २६ पक्राउ
डा. सिके राउत आज विरगँज उच्च अदालतमा दिउँसो १२ बजे उपस्थित हुने भएको छ ।

२०७५ असोज २८ आइतबार, बिहान १०:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, परासी । स्वतन्त्र मधेस गठबन्धनका सँयोजक डा. सिके राउतका २६ समर्थक तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार नवलपरासी जिल्लाको परासीबाट ९ बर्षिय बालिका सहित २६ जनालाई प्रहरीले गिरफ्तार गरेको स्वतन्त्र मधेस गठबन्धनका प्रवक्ता अब्दुल खानले जानकारी दिए । नवलपरासी जिल्लाको बुद्ध चोकबाट ९ बर्षिय बालिका सहित स्वतन्त्र मधेश गठबन्धनको सह संयोजक कैलाश महतो, जिल्ला संयोजक कृष्ण यादव सहित २६ जनालाई जिल्ला प्रहरी कार्यालय नवलपरासीले गिरफ्तार गरि हिरासतमा राखेको हो ।
नवलपरासी जिल्लाको सदरमुकाम परिको मुख्य चोकमा डा. सिके राउत सहित गिरफ्तार गरिएका स्वतन्त्र मधेश गठबन्धन का नेता कार्यकर्ताको रिहाई र प्रहरी हिरासतमा हत्या गरिएका बाकें जिल्ला वासी तथा बाकें स्वतन्त्र मधेश गठबन्धनको जिल्ला नेता राम मनोर यादवको न्यायको लागि गरिएको कार्यक्रमबाट प्रहरी प्रशासनले गिरफ्तार गरेको प्रवक्ता खानले जानकारी दिए ।
शान्तिपूर्ण प्रदर्शनबाट गिरफ्तार गरिनु ठाडै मानवअधिकार र संवैधानिक अधिकार र लोकतन्त्रको अबमूल्यन भईरहेको भन्दै सरोकारबाला निकायलाई ध्यानाकर्षण समेत गराएको छ । गिरफ्तार गरिएका सबै समर्थक तथा कार्यकर्तालाई अविलम्ब रिहाईको माग समेत गरिएको छ ।
डा. सिके राउत आज विरगँज उच्च अदालतमा दिउँसो १२ बजे उपस्थित हुने भएको छ । बन्दीप्रत्यक्षिकरणको मुद्दामा रिट दायरपछि आज बहस हुने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…