डा. सिके राउत अदालतमा, दर्जनौँ समर्थक पक्राउ !
न्यूज ब्यूरो, विरगँज । स्वतन्त्र मधेस गठबन्धनका सँयोजक डा. सिके राउत विरगँज उच्च अदालत पुगेका छन् । गत असोज २१ गते रौतहट जिल्ला अदालतबाट पक्राउ परेको राउतलाई राज्य विप्लवको मुद्दामा म्याद थप गरी रौतहट प्रहरीले हिरासतमा राखेको थियो । राउतको बन्दीप्रत्यक्षिकरण मुद्दामा रिट दायर भएपछि उच्च अदालत विरगँज

२०७५ असोज २८ आइतबार, दिउँसो ३:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, विरगँज । स्वतन्त्र मधेस गठबन्धनका सँयोजक डा. सिके राउत विरगँज उच्च अदालत पुगेका छन् ।
गत असोज २१ गते रौतहट जिल्ला अदालतबाट पक्राउ परेको राउतलाई राज्य विप्लवको मुद्दामा म्याद थप गरी रौतहट प्रहरीले हिरासतमा राखेको थियो । राउतको बन्दीप्रत्यक्षिकरण मुद्दामा रिट दायर भएपछि उच्च अदालत विरगँजमा आईतबार दिउँसो उपस्थितको लागि तारेख तोकिएको थियो ।
तारेख बमोजिमा विरगँज उच्च अदालतमा डा. राउत पुगेपछि उनका सयौँ समर्थकहरु अदालत परिसर बाहिर सिके राउतको समर्थनमा नारावाजी गरेका छन् ।नारावाजीपछि जिल्ला प्रहरी कार्यालय पर्साले उनका दर्जनौ समर्थकलाई हिरासतमा लिएको जानकारी स्वतन्त्र मधेस गठबन्धनका प्रवक्ता अब्दुल खानले न्यूज ब्यूरोलाई जानकारी दिए ।
अहिले डा. सिके राउतको मुद्दामा अदालतमा बाहिर बहस जारी रहेको छ भने उनका समर्थकहरु अदालत बाहिर "सिके राउतलाई अबिलम्ब रिहा गर" भन्दै नाराबाजी गरिरहेको बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
Update : बिरगंज उच्च अदालत अगाडिबाट गिरफ्तार भएका कार्यकर्ताहरु बिरगंज उच्च अदालत के अगाडि से २ दर्जन से जदा स्वराजी गिरफ्तार
१.दिप नारायण यादव धनुषा
२.सुधिर महतो -धनुषा
३.किलेश मंडल -धनुषा
४.धिरज मंडल -धनुषा
५.लक्ष्मण कुमार दास (LK Das) - सिरहा
६.शम्भु मंडल - धनुषा
७.सतिला देवि - सिरहा
८.सुनिता महतो
९.सुनैना महतो
१०.प्रमेश्वरी देवि
थपको नामाबली आउन बाँकी रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…