• २०७५ मङ्सिर ४ गते, मंगलबार
११:०७ am

डा. सिके राउत आईतबार उच्च अदालत विरगँजमा उपस्थित हुने

डा. राउतलाई गत असोज २१ गते रौतहट प्रहरीले पक्राउ गरी हिरासतमा राखेका छन् ।

Photo Credit : google

 

न्यूज ब्यूरो, जनकपुरधाम । रौतहट प्रहरीको नियन्त्रणमा रहेका डा. सिके राउत आगामी आईतबार विरगँज उच्च अदालतमा उपस्थित हुने भएको छ । 

 


राज्य विप्लवको मुद्दामा जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरी जिल्ला अदालत रौतहटबाट म्याद थप गरी थुनुवामा राखिएको छ । डा. राउतको रिहाईको लागि बन्दीप्रत्यक्षिकरण रिट दायर गरिएको हो ।  राउतको पक्षमा गरिएको बन्दी प्रत्यक्षिकरण रिट उपर आगामी आईतबार २८ गते सुनुवाई हुने र त्यसको लागि उच्च अदालत विरगँजमा उपस्थित हुने जनाइएको छ । 

 


शुक्रबार न्यूज ब्यूरोसँग कुराकानी गर्दै डा.राउतले आगामी आईतबारको लागि बन्दीप्रत्यक्षिकरण रिट उपर सुनुवाई हुने जनाउँदै उच्च अदालतमा उपस्थित हुने बताए । 

 

जिल्ला अदालत रौतहटमा पेशी तारेख बुझन गएको बेला अदालत परिसरबाटै प्रहरीले उनलाई पक्राउ गरेको थियो । डा. राउतसँगै उनको ४ बर्षिय छोरी सहित पक्राउ गरेपछि उनका समर्थकहरुले निरन्तर विरोधका कार्यक्रहरु गर्दै आएका छन् ।

 

डा. सिके राउतलाई रिहाईको माग गर्दै उनका समर्थक एवम् उनकै सँयोजकत्वमा रहेको स्वतन्त्र मधेस गठबन्धनका कार्यकर्ताहरुले धनुषा, सिरहा, सप्तरी, रौतहट, सर्लाही, महोत्तरी लगायतका जिल्लाहरुमा गृहमन्त्री र प्रधानमन्त्रीको पुतला समेत दहन गरेको हो । 


सर्वोच्च अदालतले पटक पटक सफाई दिएकै मुद्दामा पटक पटक पक्राउ गरेको भन्दै उनका समर्थकहरुले आन्दोलन चर्काएका छन् ।  डा. राउत उच्च अदालत विरगँजमा आईतबार उपस्थित हुने भएपछि उनका समर्थकहरुको मोटो जनसागर जनाउने बुझिएको छ । 


डा. राउतलाई गत असोज २१ गते रौतहट प्रहरीले पक्राउ गरी हिरासतमा राखेका छन् ।

 

सम्बन्धित अन्य समाचारहरु 

 

४ बर्षिय छोरी सहित डा. सिके राउत पक्राउ, जिप्रका घेराउ, अवस्था तनाग्रस्त !!!

 

डा. सिके राउतको गिरफ्तारी 'नेपाल' लाई महँगो साबित हुनेछ : अब्दुल खान

 

डा. राउतको गिरफ्तारी विरोधमा जल्न थाल्यो मधेस, प्रम र गृमको पुतला दहन !

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस