जनकपुर होटल व्यवासायी संघका अध्यक्षकै होटलको कारखाना 'सिल' !
जनकपुर होटल व्यवसायी संघका अध्यक्ष दशरथ साहको रघुपति मिष्ठानको भान्सामा सिल

२०७५ असोज २६ शुक्रबार, दिउँसो ४:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा जनकपुरको चर्चित मानिएको रघुपति मिष्ठान भण्डार र ओम बेकरी एण्ड स्वीटस कर्नरको देवी चोकमा रहेको कारखाना (भान्सा घर) शुक्रवार सिल गरिएको छ ।
होटल व्यवासी संघका अध्यक्ष समेत रहेका व्यवसायी दशरथ साहले अनाधिकृत रुपमा विना दर्ता सँचालनमा रहेको उक्त कारखाना बन्द गर्न उच्च अदालत जनकपुरधामले समेत महिनौ दिन अगाडी नै आदेश दिएतापनी तथा घरेलु तथा साना उद्योग कार्यालय धनुषाले समेत बारम्बार मौखिक तथा लिखित रुपमा कारखाना बन्द गर्न पत्राचार गरेतापनि अटेर गरेपछि शुक्रवार सिल गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत दिनेश साहको नेतृत्वमा गएको टोलीले कारखानामा सिल गरेको हो ।
टोलीमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सँजीव कुमार दुवे, प्रमुख शिक्षक नागेन्द्र प्रसाद साह, कम्प्युटर अपरेटर जीतेन्द्र प्रसाद सिँह, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहका साथै उपभोक्ता हित मँचका प्रतिनीधि, जिल्ला कार्यालय धनुषाका प्रतिनीधिका साथै सँचारकर्मीहरुको रोहबरमा सिल गरिएको हो ।
भिडियोमा हेर्नुहोस् ।
कारखानाबाट फैलिएको धुवा, धुलो र फोहोरले वरपर दुर्गन्धित फैलिएको भनि स्थानीयहरुले दिएको उजुरीको आधारमा घरेलु तथा साना उद्योग कार्यालय धनुषाले कारवाही प्रक्रिया अगाडी बढाएको थियो ।
शुक्रबार सिल गरिएको र आगामी दिनमा समेत कारखानाका सँचालक दशरथ साहले अटेर गरेको पुनः सँचालन गरेको पाईएमा कडा कारवाही गरिने अनुगमन टोली सँयोजक दिनेश साहले बताए ।
ओम बेकरी एण्ड स्वीटस हाउस जानकी मन्दिर नजिकै ( जानकी मन्दिर भन्दा १०० मिटर उत्तर ) दर्ता रहेतापनि त्यसको कारखाना (भान्सा) को काम देवी चौकचोक स्थित आफ्नै निवासमा बर्षौदेखि गर्दै आएका थिए ।
ओम बेकरी एण्ड स्वीटस हाउकै छेउमा सँगै रघुपति मिष्ठान भण्डार समेत बर्षौदेखि सँचालनमा रहेतापनी दर्ता नगराएको पाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…