भर्खरै, धनुषाको धारापानीमा स्कुटी दुर्घटना, एकको अवस्था गम्भिर !
न्यूज ब्यूरो, धनुषा । धनुषाको धारापानीमा साँझ स्कुटी दुर्घटना हुँदा एक जना गम्भिर घाईते भएका छन् । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी चोकमै स्थानीय राजेश अधिकारी स्कुटी दुर्घटनामा परी गम्भिर घाईते भएको हो । अधिकारीको ज. १२ प ७६६ नम्बरको स्कुटी सडकमै रहेको खाल्डोमा परि दुर्घटना भएको प्रत्य

२०७५ असोज २४ बुधबार, बेलुकी ७:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको धारापानीमा साँझ स्कुटी दुर्घटना हुँदा एक जना गम्भिर घाईते भएका छन् ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी चोकमै स्थानीय राजेश अधिकारी स्कुटी दुर्घटनामा परी गम्भिर घाईते भएको हो ।
अधिकारीको ज. १२ प ७६६ नम्बरको स्कुटी सडकमै रहेको खाल्डोमा परि दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । बीच सडकमै रहेको खाल्डोमा स्कुटीको चक्का फँसेपछि गतिमा रहेको स्कुटीबाट अधिकारी उडेको र तल झरेपछि टाउकोमा गम्भिर चोट लागेको बताइएको छ ।
गम्भिर घाइते अधिकारीलाई उपचारको लागी जनकपुर अञ्चल अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…