प्रदेश सरकारको 'हरित प्रदेश अभियान' प्रभावहिन
कर्मचारीहरुको वेवास्ता र अभियानलाई औपचारिकतामात्र बुझ्दा अभियान असफलता तिर डोरिएको हो ।

२०७५ असोज २४ बुधबार, बिहान १०:३६ बजे२ मिनेट पढाइ

मनिष शर्मा, महोत्तरी । प्रदेश २ लाई हरित प्रदेश बनाउन प्रदेश सरकारले सुरु गरेकोअभियान कर्मचारीको लापरवाहीले प्रभावहिन वनेको छ ।
प्रदेशभरि ५० हजार भन्दा वढी विरुवा लगाएर प्रदेश २ मा बन क्षेत्रको विस्तार गर्ने योजना रहेपनि महोत्तरीको मटिहानी नगरपालिका स्थित जलसागरमा लगाइएको करिव २१६० मध्ये ८० प्रतिशत विरुवा सुकेपछि अभियानको सफलतामा प्रश्न चिन्ह उठेको छ ।
वृक्षारोपन पश्चात वृक्षमा नियमित पानी हाल्ने तथा वृक्षारोपन गरिएको स्थलमा घेरावेरा लगाउने कार्यनभएपछि अधिकांश विरुवा सुकेको छ भने खुल्ला चौरकै कारण चौपायाहरुले समेत विरुवा खाईदिएपछि प्रदेश सरकारको अभियान वालुवामा पानी सरह भएको छ ।
प्रदेश २ मा लगभग चार प्रतिशतमात्र बन क्षेत्र रहेकोले प्रदेशलाई हरित प्रदेश बनाउन लाखौ रकम खर्चेर सुरु भएको अभियान कर्मचारीहरुको वेवास्ता र अभियानलाई औपचारिकतामात्र बुझ्दा अभियान असफलता तिर डोरिएको हो ।
प्रदेश २ का उद्योग पर्यटन बन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले आफै जलसागरमा लगाएको वृक्षहरु समेत सुकेकोमा निराशा व्यक्त गरे । उनी अभियान पछिको व्यवस्थापनमा त्रुटी भएको स्विकार्दै सुकेको वृक्षहरुको स्थानमा पुनः नयाँ वृक्ष लगाईने वताए ।
राज्यमन्त्री मण्डलले भने,“वातावरण र मौसमको हिसावले वृक्षारोपन गर्न हामी ढिलो भयौ । यो कार्यक्रम हामीले जेष्ठ असार तिरै गर्न सकेका भए यत्रो वृक्षहरु मर्ने थिएनन । साथै वृक्षारोपन पश्चात वृक्षहरुले पाउनु पर्ने पानीको अभावले समेत वृक्षहरु सुकेकोले तत्काल के कति कारणले अभियान असफल पार्न खोजिएको हो त्यसको अनुसन्धान हुनेछ । वृक्षारोपन पश्चात बन कार्यालयले त्यसको व्यवस्थापन किन गरेन त्यसको खोजविन गरि दोषी कर्मचारीलाई कार्यवाही गर्न समेत आफु पछि नहट्ने बताए ।
यता जिल्ला समन्वय समिति संयोजक सुरेश प्रसाद सिंहले वृक्षारोपन हुने वेला नै आफुहरुले त्यसको व्यवस्थापन वारे चर्चा गरेको र वृक्षहरु सुक्न सक्ने चिन्ता समेत व्यक्त गरेको वताए । संरक्षण विनाको वृक्षारोपनले सकारात्मक नतिजा दिन नसक्ने उहाको भनाई छ ।
यस्तो छ वृक्षारोपन गरिएको हिसाव किताव :
असोज १२ गते भएको वृक्षारोपन कार्यक्रममा दुईलाख भन्दा वढी रकम खर्च भएको छ । हरित प्रदेश अभियान अन्तरगत १२ हजार वृक्ष जलसागरमा लगिएकोमा दुईहजार १६० वृक्ष रोपिएको र वाकि सोहि क्षेत्रका वासिन्दाहरुलाई वाडिएको बन कार्यालयले जनाएको छ ।
कार्यक्रममा वृक्षारोपन गर्न खाडल खन्नेलाई मात्र ३७ हजार पाचसय,विरुवा ढुवानी गर्नेलाई १६ हजार पाचसय,विरुवा रोप्ने र पानी हाल्नेलाई १६ हजार पाचसय,टेन्ट र साउण्डमा ११ हजार,अतिथी तथा कर्मचारीको खानामा १५ हजार तिनसय खर्च भएको विवरण बन कार्यालयले उपलब्ध गराएको छ ।
त्यसतै कार्यक्रममा पाच हजारको फ्रुटी र पाच हजारको पानी लागेको तथा एक लाख दुई हजार ८५० रुपयाको १२१ थान पोल खरिद गरिएको समेत बन कार्यालयले जनाएको छ । तथा अन्य फुटकर खर्चहरु समेत गरिएको छ । यसरी लाखौ रकम खर्चेर गरिएको विरुवाहरु सुकेपछि उक्त खर्चिएको रकमको उपलक्धी शुन्य भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…