महेन्द्रनगरमा गुञ्जियो- 'संविधानमा यति कुरा टाँसी दे, बलात्कारीलाई फाँसी दे'
बलात्कारको घटना न्यून गर्न बलात्कारीलाई एक मात्र सजाय फाँसी

२०७५ असोज १९ शुक्रबार, बेलुकी ७:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । दिनानुदिन बढदै गएको बलात्कारको घटनाको विरोधमा धनुषाको महेन्द्रनगरमा वृहत रयाली निकालिएको छ ।
क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगर स्थित स्थानिय दुधमती यूवा क्लवको अगुवाईमा निकालिएको वृहत रयालीमा कञ्चनपुरकी चेली निर्मला पन्त, महोत्तरीकी ९ महिने बालिका सोनाली चौधरी लगायत अन्य बालिका उपर भएको यौन हिँसा बलात्कारको विरोधमा स्थानीयहरु तातिएका हुन् ।
नेता बाट सिके छ, पुलिस पनि बिकेछ , जस्ता नारा सहित क्षीरेश्वर उच्च मा. वि. को प्राङ्गगनबाट सुरु भएको रयाली सखुवा चौक, हनुमान चौक, क्षीरेश्वरचौक, नयाँबजार हुँदै इलाका प्रहरी कर्यालय महेन्द्रनगर स्थित कोणसभामा परिणत भएको थियो ।

राजपाका युवा केन्द्रीय सदस्य अजय कुमार राउत सहितका विभिन्न दलका प्रतिनीधि, विद्यार्थी, युवाहरुको सम्मलित उक्त रयालीमा बलात्कारीलाई फाँसीको माग गर्दै प्रहरी प्रशासनलाई निकम्माको सँज्ञा दिइएको थियो ।
बलात्कारीलाई राज्यले नै बचाउ गर्न खोजेको भन्दै यस्ता घिनौना कार्य गर्ने सरकारी निकाय अथवा जनप्रतिनीधिका जोकोही होस उम्कीन नपाउने युवा नेता अजय कुमार राउतले कोणसभामा भने ।
दिनप्रतिदिन बढदै गएको बलात्कारको घटना न्यून गर्न बलात्कारीलाई एक मात्र सजाय फाँसी भएको सहभागीहरुले जीकिर गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…