न्यूज ब्यूरोको प्रभाव : दृष्टिविहिन मन्सुर परिवारलाई युवाहरुको सहयोग
आफ्नो जग्गा समेत नभएको मन्सुरलाई विदेशबाट युवाहरुले सहयोग गर्ने गरेका छन् ।

२०७५ असोज १८ बिहीबार, राति ८:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाधाम नगरपालिका वडा नं. ५ नौसयविघा बस्ने दृष्टिविहिन मन्सुर परिवारलाई स्थानीय युवाहरुले आर्थिक सहयोग गरेका छन् । नौसयविघाको उत्तरबारी टोल बस्ने आँखाले अपाँङग (दृष्टिविहिन) रफिक मन्सुरले यसअघि श्रीमति बचाइदिन भौतारे बचाउन सफल भए ।
गत भदौ मसान्तमा उनको श्रीमति सैफूल खातुनको गर्भपतन भएको कारणले पेटमै बच्चा मरेपछि आईसीयूमा भर्ना गरिएको थियो । रकम अभावमा उनको श्रीमतिलाई जनकपुरको समर हस्पिटलमा आईसीयूबाट पनि आखिरसम्म बचाउन सफल भए ।
वैदेशिक रोजगारीको क्रममा मलेसिया रहदै आएका नौसय विघाका विजय कुमार मण्डलको अगुवाईमा नौसयविघा दक्षिणवारी टोलका युवाहरु सहित सप्तरी महोत्तरी जिल्लाका युवाहरुको एक समूहले उनलाई २५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
सहयोग गर्ने सहयोगी हातहरु :

गत भदौ ३ गते न्यूज ब्यूरो अनलाईनमा "धनुषामा झोपडीमा बस्ने अपाँग परिवार श्रीमति बचाइदिन भौतारिँदै " शिर्षको समाचार प्रकाशित भएपछि युवाहरु सहयोग जुटाउन लागेका थिए ।
बच्चामै उनको बुवा घर छाडेर भागेपछि उनको आमाले एक्ली जसरी भएपनि पालनपोषण गर्न भ्याएपनि अहिले अवस्था बृद्ध भएको कारण आर्थिक अवस्था पूर्णत कमजोर रहेको छ ।
आफ्नो जग्गा समेत नभएको मन्सुरलाई विदेशबाट युवाहरुले सहयोग गर्ने गरेका छन् । आफू पनि आँखाले अपाँग रहेको भन्दै एक मात्र जीवनसाथीको रुपमा रहेकी श्रीमति पनि दृष्टिविहिन भएकी कारण थप समस्या भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…